क्लबको अनुमतिबिना साउदी अरबको भ्रमण गरेकोमा मेस्सीद्वारा गल्ती स्विकार « Khabarhub

क्लबको अनुमतिबिना साउदी अरबको भ्रमण गरेकोमा मेस्सीद्वारा गल्ती स्विकार


२३ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्जेन्टाइन स्टार फुटबलर लियोनेल मेस्सीले क्लबको अनुमतिबिना साउदी अरबको भ्रमण गरेकोमा गल्ती स्विकार गरेका छन् ।

पेरिस सेन्ट जर्मेन (पिएसजी) को अनुमतिबनै साउदी अरब गएकोमा मेस्सीले आफ्नो गल्ती स्विकार गर्दै माफी मागेका हुन् । बिना अनुमति साउदी अरब गएकोमा क्लबले उनलाई दुई साताका लागि निलम्बनसमेत गरेको थियो ।

मेस्सीले इन्स्टाग्राममा पोस्ट गरेको भिडियोमा भनेका छन्, ‘मैले गरेको कामका लागि म माफी चाहन्छु र अब क्लबले के निर्णय गर्छ, म त्यही पर्खिरहेको छु ।’

पिएसजीमा मेस्सीको सम्झौता यो सिजनको अन्त्यसँगै सकिँदैछ । सो सम्झौताअनुसार उनले अब तीनवटा मात्रै खेल खेल्न पाउने छन् । यससँगै उनी क्लब छाड्ने तयारीमा रहेको बताइन्छ ।

३५ वर्षीया मेस्सी साउदी अरेबियाका लागि पर्यटन दूतको भूमिकामा छन् । उनलाई साउदी अरबका क्लबहरुले पनि चासो देखाइरहेका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  ८ : ०९ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब