तनहुँमा लोपोन्मुख घाटु नृत्य संरक्षण गरिँदै « Khabarhub

तनहुँमा लोपोन्मुख घाटु नृत्य संरक्षण गरिँदै


२३ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–५ स्थित भोटेश्वारामा गुरुङ समुदायको घाटु नाच संरक्षणको अभियान थालिएको छ । गुरुङ समुदायको प्रसिद्ध घाटु नाच पछिल्लो समय लोपोन्मुख बन्दै गएपछि यसको संरक्षण र संवर्द्धनका लागि अभियान थालिएको हो । 

यही वैशाख २२ गते चण्डिपूर्णिमाको दिनदेखि सुरु गरिएको घाटु नाच वैशाख २५ गतेसम्म सञ्चालन हुने कार्यक्रमका अभियान्ता रञ्जित गुरुङले जानकारी दिए। गुरुङ संस्कृतिअनुसार माघ महिनामा वसन्त पञ्चमीबाट सुरु भएको घाटु नाच वैशाख पूर्णिमापछिको पञ्चमीमा समापन गर्ने चलन छ । ‘पन्ध्र वर्षपछि घाटु नृत्यको आयोजना गरिएको हो’, उनले भने ।

स्थानीयवासी एवं लोकगायक रञ्जित गुरुङ र कन्यादेवी माविका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङको सक्रियतामा घाटु नृत्यको आयोजना गरिएको हो । ‘सति’ र ‘बाह्रमासे’ गरी घाटु नाच दुई प्रकारको हुन्छ । बाह्रमासे घाटु जुन बेला पनि नाच्ने गरिन्छ । गुरुङ समुदायको ऐतिहासिक घटनाक्रमसँग जोडिएको घाटु नृत्य ठाउँअनुसार फरक-फरक हुने गरे पनि सबै ठाउँमा नाचिने घाटुको कथा भने एउटै किसिमको हुन्छ । 

पछिल्लो समय घाटु नाच नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा हराउँदै गएकाले यसको संरक्षणका लागि अभियान थालेको अभियन्ता गुरुङले बताए । सत्रौँ शताब्दीदेखि घाटु नृत्यको प्रारम्भ भएको पाइन्छ । यस नृत्यमा रजस्वला नभएका दुई कन्यालाई स्थानीय भेषभुषामा सजाइ राजा परशुराम र रानी आम्पावतीको प्रतीकका रूपमा घाटु नृत्यको प्रारम्भ गरिन्छ । 

लमजुङ, कास्कीलगायत जिल्लामा दुई कन्यालाई मात्र नचाइने गरिए पनि तनहुँ, चितवन र गोरखालगायतका स्थानमा बिजोर सङ्ख्या पारेर जति पनि कन्यालाई समावेश गरी घाटु नचाइन्छ । घाटु नृत्यको गीतमा मानिसको जीवनशैली, जन्म, कर्म, शृङ्गार, बिहेबारी, सिकार, माछा मार्ने, खेतीपाती, युद्धबारे व्याख्या तथा अभिनय गरिने अभियन्ता सूर्यमानसिंह गुरुङ बताउँछन् । परम्परागत संस्कृतिको संरक्षण गर्न र गुरुङको पहिचान तथा संस्कृतिको रूपमा रहेको घाटु नाचलाई पछिल्लो समय उत्सवका रूपमा मनाउन थालिएको पाइन्छ । 

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  १ : २० बजे

राहदानी छपाइ प्रकरण : मुद्दा दायर भएका १८ मध्ये ९ जना परराष्ट्र कै कर्मचारी

काठमाडौं । राहदानी छपाइ भ्रष्टाचार प्रकरणमा सोमबार १८ जनाविरुद्ध मुद्दा

कोटेश्वरमा कारले चार मोटरसाइकललाई ठक्कर दिँदा पाँच जना घाइते

काठमाडौं – काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी नजिक सोमबार भएको सवारी दुर्घटनामा

उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु

विष्णु पौडेल पक्राउबारे एमालेले भन्यो : सरकारले अपहरणको शैलीमा गिरफ्तार गर्‍यो, डटेर सामाना गर्छौं

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई

बारामा मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका– ९ छातापिपरामा आज साँझ मोटरसाइकलले