एसियाली भारोत्तोलनमा कञ्चनपुरका सागरले प्रतिस्पर्धा गर्ने « Khabarhub

एसियाली भारोत्तोलनमा कञ्चनपुरका सागरले प्रतिस्पर्धा गर्ने


२३ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– कञ्चनपुरका सागर भण्डारीले एसियाली भारोत्तोलन च्याम्पियनसिपमा नेपालबाट प्रतिस्पर्धा गर्ने भएका छन् । आगामी मे ३ देखि १३ तारिखसम्म दक्षिण कोरियाको जेन्जुमा हुने पुरुष १०९ किलोमाथिको तौल समूहमा २२ वर्षीय भण्डारी भिड्ने छन् ।

कञ्चनपुरका भारोत्तोलन प्रशिक्षक जीवन गौतमका अनुसार भण्डारी १५ वर्षको उमेरदेखि भारोत्तलनमा समर्पित छन् । उनी प्रशिक्षक गौतमका उत्पादन हुन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालका भण्डारी यतिबेला एसियाली च्याम्पियनसीपको तयारीमा छन् । उनी एक महिनादेखि प्रशिक्षक गौतमसँगै काठमाडौँमा बन्द प्रशिक्षणमा रहेका छन् ।

भण्डारीको यो चौथो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । यसअघि उनले नेपालमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा रजत पदक प्राप्त गरेका थिए । भण्डारीको साथमा कञ्चनपुरका भारोत्तोलन प्रशिक्षक गौतमसमेत सहभागी हुनेछन् । आफ्नो तौल समूहमा उनले आठौँ र नवौँ राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जितेका थिए । 

‘दक्षिण कोरियामा हुने एसियाली प्रतियोगिता ओलम्पिकका लागि छनोट प्रतियोगिता पनि हो’, प्रशिक्षक गौतमले भने, ‘तर छनोट भएर ओलम्पिकमा अहिलेसम्म नेपाली खेलाडी पुगेको इतिहास छैन ।’ ओलम्पिक आयोजक राष्ट्रले ‘वाइल्ड कार्ड’ दिएर आमन्त्रण गरे नेपालबाट भारोत्तोलनबाट भढडारी ओलम्पिकमा सहभागी हुनसक्ने सम्भावना धेरै रहेको उनले बताए ।

झन्डै ३३ वर्षअघि सुदूरपश्चिमबाट भारोत्तोलनमा धनगढीका स्व भरत साउदले ओलम्पिकमा खेलेको इतिहास छ । अहिले भण्डारीलाई पनि ओलम्पिक कमिटीले ओलम्पिकमा सहभागी गराउने उद्देश्यले छनोट गरी बन्द प्रशिक्षणमा राखेको छ । 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलेको अनुभव र नियमित प्रशिक्षणबाट खारिएका भण्डारी विगत दुई वर्षयता नेपाल प्रहरीको पुलिस क्लबमा आबद्ध छन् । 

आगामी पेरिस ओलम्पिकको छनोट प्रतियोगिताका रूपमा हेरिएको एसियाली च्याम्पियनसीपमा भण्डारी खेलाडी, गौतम प्रशिक्षक तथा व्यवस्थापक रामसुन्दर श्रेष्ठ सोमबार कोरिया प्रस्थान गर्नेछन् ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  ३ : ०४ बजे

विष्णु पौडेललाई गैरकानुनी, गैर न्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरेको एमालेको निष्कर्ष

काठमाडौं– नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी, गैर न्यायिक

बालेनलाई करोडौँको गाडी दिएका मालपानी र चुन्नप्रसादको बयानबाट समातिए विष्णु पौडेल !

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वउप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल

रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण 

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन स्थलमा

दिनभर चल्यो गृहमन्त्री ‘कुटिएको हल्ला’, अहिले आयो होटलका दुई मजदुरलाई थुनाएको खबर

चितवन : गृहमन्त्री सुधन गुरुङको सचिवालयमा उनका सहयोगी कमल सर्गम

यस्तो छ विष्णु पौडेलमाथिको आरोप, चुनावी प्रतिस्पर्धी चुन्नप्रसादले दिएका थिए ‘रकम लुकाएको’ बयान

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वउप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई