काठमाडौँ– सुरक्षान्युज डट कम नामक अनलाइन पोर्टलका सञ्चालक पत्रकार मदन भण्डारी पक्राउ परेका छन् । पोखराबाट आएका भण्डारीलाई सरकारी छाप तथा दस्तखत किर्ते गरेको आरोपमा पक्राउ गरिएको हो ।
भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट पक्राउ गरीएको काठमाडौं प्रहरी परिसरले जनाएकाे छ।
भण्डारीविरुद्ध परेको जाहेरीपछि अदालतबाट अनुमति लिएर अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अहिले भण्डारीलाई परिसरको हिरासतमा राखिएको छ ।
प्रतिक्रिया