पोखरा स्पोर्टस् अवार्ड : करण र सावित्रा वर्ष खेलाडी घोषित « Khabarhub

पोखरा स्पोर्टस् अवार्ड : करण र सावित्रा वर्ष खेलाडी घोषित


२३ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

कास्की – नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको सातौँ संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०७९’ मा वर्ष उत्कृष्ट खेलाडीको अवार्ड करण केसी (बागलुङ) र सावित्रा भण्डारी(लमजुङ)ले जितेका छन् ।

पोखरा सभागृहमा आज सम्पन्न अवार्ड समारोहमा पुरुषतर्फ क्रिकेटका केसी र महिलातर्फ फुटबलका भण्डारी वर्ष सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै जनही एक÷एक थान टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पारेका हुन् ।

वर्ष खेलाडी घोषित केसीलाई गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र भण्डारीलाई प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले पुरस्कार प्रदान गरेका थिए। पुरुषतर्फ वर्ष खेलाडीका लागि केसीसहित आर्चरीका गङ्गाबहादुर कुँवर (तनहुँ) र टेनिसका प्रदीप खड्का (कास्की) मनोनयनमा थिए।

महिलातर्फको मनोनयनमा भण्डारीले आर्चरीकी रोजिना थापा मगर(बागलुङ०)र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर(बागलुङ)लाई पछाडि पारेकी हुन् । यसैगरी वर्ष उदीयमान खेलाडीको अवार्ड क्रिकेटका सुवास भण्डारी(बागलुङ)ले हात पारेका छन् । भण्डारीले भलिबलमा रवि केसी (बागलुङ), फुटबलका सुमित श्रेष्ठ(कास्की)लाई मनोनयनमा पछि पार्दै ट्रफीसहित नगद रु ३५ हजार पुरस्कार प्राप्त गरेका थिए ।

आर्चरीका किशोर कुमार गुरुङ(स्याङ्जा)ले वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड जितेका छन् । उत्कृष्ट प्रशिक्षकमा किशोरसहित लनटेनिसका निरज थापा(कास्की) र आइटिएफ तेक्वान्दोका सुरज सुनार मनोनयनमा परेका थिए ।

यसैगरी वर्ष उत्कृष्ट खेल पत्रकार अवार्ड सागरराज तिमिल्सिनाले पाए । तिमिल्सिना डेढ दशकदेखि पोखरमा पत्रकारितामा क्रियाशील छन् । खेलकुद सङ्घसंस्था वा क्लब अवार्ड कास्की जिल्ला ह्याण्डबल सङ्घले पाएको छ । वर्ष उत्कृष्ट प्रशिक्षक, उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लबतर्फका विजेताले रु ३५र३५ हजारका साथ ट्रफीबाट पुरस्कृत भए।

यसैगरी वर्षको लाइफटाइम अचिभमेन्ट अवार्ड बक्सिङका प्रशिक्षक विद्याप्रसाद मर्सानीलाई प्रदान गरिएको छ । मर्सानीलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिएको हो ।

यसैगरी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा दुर्घटनामा परी गत असोज ३० गते निधन हुनुभएका प्याराग्लाइडिङ खेलाडी निसिम थापाको योगदानको कदर गर्दै ‘कीर्तिशेष’ सम्मान प्रदान गरिएको थियो ।

अवार्ड विजेतालाई मुख्यमन्त्री पाण्डे, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ, गण्डकीका निर्वतमान मुख्यन्त्री खगराज अधिकारी लगायतले पुरस्कार प्रदान गरेक थिए।

गण्डकी प्रदेशका खेलकुद पत्रकारको साझा संस्था खेलकुद पत्रकार मञ्च विसं २०५७ मा स्थापना भएको थियो । खेलाडीलाई ऊर्जा थप्न नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले विसं २०७२ देखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड प्रदान गर्दै आएको हो । खेलाडी र खेलकुदकर्मीको हौसला प्रदान गर्दै खेलकुद विकासका लागि अवार्डले ठूलो मद्दत गरेको मञ्चका अध्यक्ष दीननाथ बरालले बताए।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  १० : ३६ बजे

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने

आतङ्कवादविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य थप आवश्यक : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– संयुक्त राष्ट्रसङ्घले आतङ्कवादको बदलिँदो स्वरूप र प्रविधिको बढ्दो दुरुपयोगसँगै यसविरुद्ध

पशुपति क्षेत्रमा तीजका लागि सफाइ

काठमाडौं– हरितालिका (तीज) को तयारीस्वरूप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ

नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालन

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर

अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन मधेश सरकारको निर्देशन

जनकपुर– मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र जिम्मेवारी नदिन