सिरहामा १४ केजी गाँजासहित दुई युवक पक्राउ « Khabarhub

सिरहामा १४ केजी गाँजासहित दुई युवक पक्राउ


२४ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सिरहा- सिरहामा पछिल्लो समय गाँजाको खेती तथा तस्करी व्यापक रुपमा भइरहेको पाइएको छ । जिल्लाको पूर्व पश्चिम लोकमार्गअन्तर्गत पर्ने कर्जन्हा, मिर्चैया, गोलबजार, धनगढीमाई र लाहान नगरपालिकाको उतरी चुरे क्षेत्रमा वर्षौँदेखि किसानहरुले गाँजा खेती गर्ने र तस्करहरुले खुल्ला सीमानाकाको बाटो प्रयोग गरी भारत निकासी गर्ने गरेको पाइएको हो ।

शनिबार मात्रै प्रहरीले जिल्लाको गोलबजारबाट करिब १४ केजी लागूऔषध गाँजासहित दुई युवक पक्राउ गरेको छ । प्रहरीले गोलबजार नगरपालिका ४ शिवमन्दिर नजिकबाट १३ केजी ८४० ग्राम गाँजासहित गोलबजार १ मुक्सारका २६ वर्षीय महेन्द्र साह र वडा नम्बरर २ का ३६ वर्षीय श्यामकुमार साहलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक डुपेन्द्र बुढाथोकीले जानकारी दिए ।

विशेष सुचनाको आधारमा गोलबजार ४ शिवचौक नजिक पार्किङ गरिराखेको प्र. २–०१–००२ ह. ०२९८ नम्बरको अटोमा लुकाइछिपाई राखेको ५ किलो ८४० ग्राम गाँजासहित महेन्द्र साह र प्र. २–०१–००१ ह. १०५६ नम्बरको अटोमा लुकाइछिपाई राखेको ८ किलो गाँजासहित श्यामकुमार साहलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक बुढाथोकीले बताए ।

प्रहरीले विशेष सुराकीका अधारमा केन्द्रिय अनुसन्धान लागूऔषध विशेष ब्युरो र ईलाका प्रहरी कार्यालय गोलबजारका सई विश्व बुढाथोकीको कमाण्डमा खटिएको टोलिले गाँजासहित दुईजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय सिरहाका सूचना अधिकारी डीएसपी रवीन्द्रराज पाण्डेले जानकारी दिए । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  १ : २८ बजे

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको