अफगानिस्तानमा बाढीका कारण चार जनाको मृत्यु, २५ घाइते « Khabarhub

अफगानिस्तानमा बाढीका कारण चार जनाको मृत्यु, २५ घाइते


२४ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काबुल- अफगानिस्तानको पूर्वी नान्गाहार प्रान्तमा शुक्रबार रातिदेखि आएको भारी वर्षा र बाढीका कारण चार जनाको मृत्यु भएको छ ।

खामा प्रेसले तालिवान नेतृत्वको प्रान्तीय सरकारका अधिकारीहरूलाई उद्धृत गर्दै अचानक आएको बाढीका कारण व्यापक जनधनको क्षति भएको उल्लेख गरेको छ । तालिवानका अनुसार बाढीका कारण कम्तीमा चार बालबालिकाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

त्यसैगरी करिब ३०० आवासीय घरहरू  क्षतिग्रस्त भएका छन् । कामा, लालपुर, गोष्टा, कोज कुनार जिल्ला र नान्गार्हार लगायतका प्रान्तका अन्य केही क्षेत्रको हजारौँ एकड खेतीयोग्य जमिनमा आएको बाढीका कारण क्षति पुगेको हो ।

स्थानीय बासिन्दाहरूले सामाजिक सञ्जालमा सामाजिक सञ्जालमा वर्षा र बाढीका कारण भएको क्षतिका तस्बीर सार्वजनिक गरेका छन् । स्थानीय बासिन्दाले बाढीपीडित परिवारलाई सहयोग गर्न सहयोगी संस्थाहरूलाई आग्रह गरेका छन् ।

यसैबीच, तीव्र हावासँगै आएको भारी वर्षाले उत्तरी बल्ख, समंगन, तखार, कुन्दुज र बाघलान प्रान्तमा खेतबारी र बगैँचामा व्यापक क्षति पुर्‍याएको खामा प्रेसले जनाएको छ । अफगानिस्तानको मौसम विज्ञान विभागले मौसम थप जटिल हुनसक्ने भविष्यवाणी गरेको छ । गत अप्रिलको सुरुमा तालिबानको नेतृत्वमा रहेको प्राकृतिक प्रकोप व्यवस्थापन मन्त्रालयका प्रवक्ता शफिउल्लाह रहिमीले अफगानिस्तानका ३१ प्रान्तमा अचानक आएको बाढी र भूकम्पका कारण कम्तीमा २९ जनाको मृत्यु भएको बताएका थिए ।

प्राकृतिक प्रकोपका कारण ८ सय ४८ गाईबस्तु, १ सय ५५ आवासीय घर, १ हजार २ सय ४२ घरमा आंशिक क्षति  पुगेको र ७ हजार १०६ एकड खेतीयोग्य जमिनमा  भौतिक तथा आर्थिक क्षति भएको उनले उल्लेख गरेका छन् ।

अफगानिस्तानका नौ प्रान्तहरू पहिले भारी वर्षा, हिउँ र पानीबाट गम्भीर रूपमा प्रभावित भएका थिए जसमा बाल्ख, जाबुल, फर्याब, उरुजगान, निमरोज, नान्गाहार, कुनार, नुरिस्तान र लघमान लगायतका छन्। भारी वर्षाका कारण ७५६ भन्दा बढी घर आंशिक वा पूर्णरुपमा ध्वस्त भएका पनि उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ६ : २४ बजे

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको