कांग्रेस नेता कृष्णभक्त श्रेष्ठ र छोरामाथि कुटपिट | Khabarhub Khabarhub

कांग्रेस नेता कृष्णभक्त श्रेष्ठ र छोरामाथि कुटपिट


२५ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- भक्तपुरको सूर्यविनायक नगरपालिका–२ का नेपाली कांग्रेसका वडा सभापति कृष्णभक्त श्रेष्ठ र उनका छोराहरुमाथि कुटपिट भएको छ ।

सभापति श्रेष्ठ र उनका छोरामाथि भएको कुटपिटको नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ भक्तपुरले विरोध गरेको छ ।

पार्टी क्षेत्र नं २ का सभापति भेषबहादुर थापाले सोमबार विज्ञप्ति जारी गरेर २२ वैशाखको विहान ९ बजे उनीहरुमाथि कुटपिट भएको भन्दै भर्त्सना गरेका छन् । घरमै रहेको अवस्थामा श्रेष्ठ परिवारलाई दर्जनौँ अपरिचित व्यक्तिहरुले कुटपिट गरेको विज्ञप्तिमा जनाइएको छ ।

स्थानीय राजन पौडेल र उनकी श्रीमती करुणालगायतले कुटपिट गरेको विज्ञप्तिमा उल्लेख छ । घटना सम्बन्धमा महानगरीय प्रहरी प्रभाग मध्यपुर थिमिमा निवेदन दिँदा निवेदनसमेत नलिएको भन्दै विरोध गरिएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ३ : ०२ बजे

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

कञ्चनपुर– सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ

पत्रकार सम्मेलन गर्दै रामकुमारी झाँक्री : एमालेमा फर्किने तयारी

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)की नेत्री रामकुमारी झाँक्रीले आज पत्रकार

पाल्पाको रानीमहल संरक्षणको पर्खाइमा (फोटो फिचर)

पाल्पा– पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहलमा लगाइएको रङ्ग उडेर भित्तामा

समीक्षा : परान भरिएको ‘परान’

फिल्म : परान शीर्ष कलाकार – नीर शाह मुख्य कलाकार : महेश

एमालेमा महाधिवेशन प्रतिनिधि छनौटका सात आधार

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनमा प्रतिनिधि हुनका लागि पार्टीले सातवटा