अफगानिस्तानमा सञ्चारकर्मीविरुद्ध हिंसा बढ्दो « Khabarhub

अफगानिस्तानमा सञ्चारकर्मीविरुद्ध हिंसा बढ्दो


२५ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काबुल- अफगानिस्तानमा सञ्चारकर्मीविरुद्ध हिंसामा वृद्धि भएको पाइएको छ । अफगानिस्तानको खामा प्रेसका अनुसार तालिबानको शासन रहेको अफगानिस्तानमा पछिल्लो समय सञ्चारकर्मीविरुद्धको हिंसामा वृद्धि देखिएको हो ।

अफगानिस्तानको पत्रकार केन्द्र (एफजेसी) ले सार्वजनिक गरेको एक शोधपत्रमा गत वर्षको तुलनामा यस वर्ष मुलुकमा सञ्चारकर्मीविरुद्धको हिंसामा ६४ प्रतिशतले वृद्धि भएको उल्लेख छ ।

यीमध्ये अधिकांश हिंसाका घटनामा मुलुकमा शासन चलाइरहेको तालिबान जिम्मेवार रहेको पनि उक्त शोधपत्रमा उल्लेख गरिएको छ ।

सन् २०२१ को अगस्ट महिनामा तालिबानले शासन थालेयता अफगानिस्तानमा सञ्चालित ६ सय सञ्चारगृहमध्ये आधा बन्द भएका छन् ।

यसबाहेक तालिबानका कारण स्वतन्त्र सञ्चार माध्यमहरु आर्थिक रुपमा धराशायी भएको पनि शोधपत्रमा जनाइएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  २ : ०७ बजे

फुङलिङमा भालुको आतंक, नियन्त्रणमा लिन खोर निर्माण

ताप्लेजुङ– ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका

काँकरभिट्टाबाट पाँच महिनामा करिब ८ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्ष (आव) २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

चिसोमा न्यानो पार्ने उपकरणको गलत प्रयोग : अकालमा जान्छ ज्यान

काठमाडौं– अहिले हामी पुस महिनाको सुरुवाती अवस्थामा छौं। देशभर दिनप्रतिदिन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२