गुप्तेश्वर महादेवको संरक्षण गरिँदै « Khabarhub

गुप्तेश्वर महादेवको संरक्षण गरिँदै


२६ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

भोजपुर– यहाँको रामप्रसादराई गाउँपालिका–३ भुल्केस्थित गुप्तेश्वर महादेवको संरक्षण थालिएको छ । धार्मिक क्षेत्रका रूपमा विकास गर्न यसको संरक्षण थालिएको हो । सडक खन्ने क्रममा अनोठौ प्रकृतिका ढुंगा फेला परेपछि यहाँ गुप्तेश्वर नामकरण गरेर संरक्षण थालिएको हो ।

सडकको भित्तामा देवी–देवताको आकृति फेला परेपछि सडकलाई छेउबाट विस्तार गरेर यहाँ संरक्षणको काम थालिएको गाउँपालिकाले जनाएको छ । भुल्केकट्टीमा रहेको पाँचधारे मुहान नजिकै उत्पत्ति भएको यो स्थानको संघीय सरकारको ३० लाख र गाउँपालिकाको ४० लाख गरी ७० लाख लागत साझेदारीमा काम भइरहेको छ ।

यसको बृहत्तर विकास लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गरेर निर्माणको काम अघि बढाइएको रामप्रसाद राई गाउँपालिका उपाध्यक्ष वीरेन्द्र राईले जानकारी दिए । यहाँ गुप्तेश्वर मन्दिर निर्माण तथा घेराबारा र आवश्यक संरचना निर्माण गरिने छ । यहाँ निर्माण हुने सबै संरचनाको रु चार करोडको बराबरको डिपिआर तयार भएको उनले बताए ।

‘धार्मिक क्षेत्रका रूपमा विकास गर्न गुप्तेश्वर महादेवको संरक्षण थालेका हौँँ’, उनले भने, ‘अहिले विस्तृत परियोजना प्रतिवेदन नै तयार गरेर काम थालेका छौँ । यो क्षेत्रलाई एक धार्मिक क्षेत्रका रूपमा विकास गर्ने हाम्रो लक्ष्य छ ।’ मन्दिर उत्पत्ति भएपछि यहाँ देशका विभिन्न ठाउँबाट मानिस दर्शनका लागि आउने गरेका कारण यसको विकास गर्दै प्रचार–प्रसारमा जोड दिने उनको भनाइ छ ।

यो ठाउँलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सके यहाँका स्थानीयको आर्थिकस्तरमा सुधार ल्याउन टेवा पुग्ने वडाध्यक्ष रामु थापामगरले बताए। प्राकृतिक स्वरुपलाई यथावत  राख्दै आवश्यक विकासको काम गरिने उहाँको भनाइ छ । ‘यो एउटा विशेष धार्मिक महत्व बोकेको स्थल हो’, उनले भने, ‘यो ठाउँलाई संरक्षण गरेर विकास गर्न आवश्यक छ, धार्मिक क्षेत्रका रूपमा विकास गर्दै पर्यटनसँग जोडेर यहाँका स्थानीयको आर्थिक उपार्जनमा टेवा दिने उद्देश्य छ ।’

यो मन्दिरमुनि रहेको पाँचेधारे मुहानबाट मिनिरल वाटरको उद्योग सञ्चालनका लागि समेत आवश्यक प्रक्रियाको काम भइरहेको छ । यो भेगको आसपासमा रहेका पाँचवटा मुहानमध्ये यहाँको पानी उत्कृष्ट रहेकाले यो अवधारणा अघि बढाइएको गाउँपालिकाका योजना शाखाका प्राविधिक ज्ञानराज भट्टराईले जानकारी दिए । ‘यो ठाउँबाट मिनिरल वाटर उद्योग सञ्चालनको प्रक्रिया अघि बढेको छ’, उनले भने, ‘यहाँ भएका पाँचवटा मुहानमध्ये यो मुहान पानी उद्योगका लागि उत्कृष्ट देखिएको छ । अब यहाँ उद्योग पनि सञ्चालनमा आउँछ ।’

यो क्षेत्रमा जलधारको राम्रो सम्भावना रहेकाले पानी मुहानसँगै यहाँको पञ्चकन्या देवीथानको पनि संरक्षण भइरहेको स्थानीयवासी तथा वडासदस्य टेकराज भट्टराईले जानकारी दिए । यहाँका पानीका मुहान रहेको ठाउँलाई सिमसार क्षेत्रका रूपमा विकास गर्ने काम भइरहेको उनको भनाइ छ । 

वन तथा वातावरण मन्त्रालयको नेपाल जलावायु नमूना कार्यक्रमअन्तर्गत २५ लाख लागतमा तीनधारे र पात्लेखेत भुल्भुले मुहानको संरक्षण थालिएको हो । यही भुलभुले मुहानको नामबाट गाउँको नामसमेत भुल्के रहेको स्थानीयको भनाइ छ । यो ठाउँको भुलभुलेबाट गुप्तेश्वरसम्म पाँचवटा मुहान छन् । यी मुहानमा बाह्रै महिना एकनासले पानी आइरहने स्थानीयवासीले जानकारी दिए । मुहान संरक्षणको काम थालिएकाले यहाँको विकासमा टेवा पुग्ने स्थानीयको भनाइ छ ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ८ : ३७ बजे

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की– पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित

टोलीभित्र कुनै तनाव छैन, रोनाल्डो हाम्रा रोल मोडल हुन्: प्रशिक्षक मार्टिनेज

काठमाडौँ – पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले आफ्नो टोली पहिलेभन्दा

चट्याङ लागेर एक युवकको मृत्यु

झापा– झापाको गौरीगञ्जमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ

सुकुम्वासी व्यवस्थापनमा पन्छिँदै प्रधानमन्त्री

काठमाडाैँ– काठमाडौँ महानगर प्रमुखको कार्यकालमा नै वालेन्द्र शाहले २०८२ साउन

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

कास्की– पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटक खचाखच भएपछि यहाँका होटल