नेपालगञ्जमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा भारतीय नागरिकको मृत्यु « Khabarhub

नेपालगञ्जमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा भारतीय नागरिकको मृत्यु


२६ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठामडौँ- नेपालगञ्जमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ । टिप्परको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार भारत रुपईडिहा रामपुरका २५ वर्षीय सुरेश तेलीको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख डीएसपी रामबहादुर घर्ती मगरका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–२२, पुरैनीमा मङ्गलबार दिउँसो १ बजेर ४५ मिनेटमा ना १ ख २२७१ नम्बरको टिप्परले ठक्कर दिँदा युपी ४० जे १२१७ नम्बरको मोटरसाइकलमा रहेका तेली गम्भीर घाइते भएका हुन् ।

मोटरसाइकलमा नेपालगञ्जतर्फ आउँदै गरेका तेलीलाई नेपालगञ्जदेखि कम्दीतर्फ गइरहेको टिप्परले ठक्कर दिएको थियो ।

निमित्त प्रहरी प्रमुख घर्ती मगरले दुर्घटना लगत्तै तेलीलाई उपचारका लागि भेरी अस्पतालमा पुर्.याएको र उपचारकै क्रममा उनको निधन भएको जानकारी दिए ।

उनले मृतक तेलीका ससुरालाई दुर्घटनाबारे जानकारी गराइएको र शव पोस्टमार्टपछि परिवारलाई बुझाइने बताए । टिप्पर र चालक बर्दिया मधुवन निवासी प्रेमबहादुर डाँगीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ५ : ४३ बजे

गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु

गोरखा – पर्याप्त पानी नपर्दा तल्लो भेगमा धान रोपाइँले गति

फेरिए भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशक

काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतका भन्सार विभाग र आन्तरिक राजस्व विभागका

आसिफ शेख अब लुम्बिनी लायन्समा

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ओपनर आसिफ शेख आगामी

ड्रागनफलमा ढुसीजन्य रोगको सङ्क्रमण, उत्पादनमा गिरावट

चितवन – चितवनमा व्यावसायिक रूपमा खेती गरिएको ड्रागन फल (सिउँडी

थप २४८ जना सहकारीपीडितले पाए रकम

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना