नक्कली शरणार्थी प्रकरणका दोषीलाई कारवाहीको माग गर्दै विवेकशील साझाको प्रदर्शन « Khabarhub

नक्कली शरणार्थी प्रकरणका दोषीलाई कारवाहीको माग गर्दै विवेकशील साझाको प्रदर्शन


२६ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरुलाई कानूनी कारवाहीको दायरामा ल्याउनुपर्ने भन्दै विवेकशील साझा पार्टीले काठमाडौंमा प्रदर्शन गरेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणका कारण देशको नाम नै बदनाम भएकाले यसलाई निष्कर्षमा पुर्याउँदै प्रकरणमा संलग्न सबै दोषीहरुलाई कानूनी दायरामा ल्याउनुपर्ने भन्दै विवेकशील साझाले काठमाडौंको माइतिघरमा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले भिआइपी अपराधीहरुलाई पक्राउ गर, मानव तस्कर र लुटेराहरुलाई कारवाही गर भन्दै ब्यानर प्रदर्शन गरेका थिए ।

विवेकशिल साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले नक्कली भुटानी शरणार्थी प्रकरणलाई अन्तराष्ट्रिय जगतले समेत हेरिरहेको भन्दै कारवाहीका लागि सरकारले खुट्टा कमाउन नहुने बताइन् ।

त्यस्तै प्रदर्शनमा सहभागीहरुले जसले अरबौँ पैसा पचाँउछ, राज्यले त्यसैलाई बचाउछ ? , सरकार ठूला माछा पकडी, लगा छिटो हत्कडी, देशमा अर्थतन्त्र मन्द छ, नेताहरुको भ्रष्टाचार धन्दा छ लगाएतका प्लेकार्ड देखाएका थिए ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ७ : २५ बजे

अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको

आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

चितवन – प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापा – झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित

दूध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द

चितवन – दूधको अभाव भएपछि यहाँको चितवन मिल्क उद्योग तीन

अर्थमन्त्रीले देशको अर्थतन्त्रलाई सही तवरले ड्राइभ गर्न सक्दैनन् : प्रभु साह

रौतहट – आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु