राप्रपा नेपाल नाम र चुनाव चिह्न फेर्ने तयारीमा  « Khabarhub

राप्रपा नेपाल नाम र चुनाव चिह्न फेर्ने तयारीमा 


२७ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राप्रपा नेपालले आगामी जेठ ९ र १० गते जिल्ला अध्यक्षसहित केन्द्रीय कार्य समितिको बैठक काठमाडौँमा बोलाएको छ।

सचिवालयको बैठकले एजेन्डाहरू समेत तय गरेको छ। पार्टी अध्यक्ष कमल थापाले बैठकमा राजनीतिक कार्यपत्र प्रस्तुत गर्नेछन् भने महामन्त्रीहरू भाष्कर भद्राले सचिवालय , सुशील श्रेष्ठले प्रशिक्षण, राजाराम बर्तौलाले सङ्गठन सम्बन्धी र केशव श्रेष्ठले स्मार्ट पार्टी निर्माण सम्बन्धी प्रतिवेदन पेस गर्नेछन्। कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिवेदन पेस गर्नेछन् भने बैठकमा प्रदेश अध्यक्षहरूले प्रदेशको प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका तय गरिएको छ।

जनबर्गिय सङ्गठन प्रमुखहरुले ६ महिने कार्ययोजना समेत बैठकमा प्रस्तुत गर्नेछन्। सचिवालयको बैठकमा संघीयताको नाममा जबर्जस्ति लादिएको प्रदेश संरचना मुलुकले धान्न नसक्ने भएकोले पार्टीले पनि प्रदेश कमिटी खारेज गर्नुपर्ने विषय उठेको थियो। केन्द्रीय समिति बैठकमा यो विषय पनि महत्त्वको साथ उठ्ने जनाइएको छ।

पार्टीका महामन्त्री राजाराम बर्तौलाका अनुसार केन्द्रीय समिति बैठकमा समग्र विषयमा घनिभूत छलफल हुनेछ , पार्टीको नाम, चुनाव चिन्ह , सैद्धान्तिक वैचारिक पक्ष र भावी रणनीतिका विषयमा खुलेर छलफल हुनेछ।

महामन्त्री बर्तौलाले भने, ‘पार्टी प्रजातान्त्रिक ढंगले चल्ने हुँदा सबै विषयमा छलफल हुन्छ, बिचारको मन्थन हुन्छ, बहस हुन्छ , निषेधको राजनीति हुँदैन।’

‘पार्टीलाई वैकल्पिक शक्तिको रूपमा अगाडी बढाउने सन्दर्भमा सबै विषयलाई पार्टीले गम्भीरतापूर्वक ग्रहण गर्छ’ उनले भने। कार्यपत्र र प्रतिवेदनहरू बैठक अघि बस्ने कार्यसम्पादन समितिमा प्रस्तुत गरी पारित गर्ने तयारी भइरहेको भद्राले जानकारी दिए।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ११ : १५ बजे

बालेन सरकारको निर्णय : स्नातकसम्म पढ्न नागरिकता नचाहिने

काठमाडौँ – सरकारले शिक्षा क्षेत्रको संरचनात्मक सुधारका लागि स्नातक तहसम्मको

बाढीले अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा

काभ्रे– शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध

कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

म्याग्दी– पोखराका पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटकलाई लक्षित गरी कालीगण्डकी नदीमा

रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति