राप्रपा नेपाल नाम र चुनाव चिह्न फेर्ने तयारीमा  « Khabarhub

राप्रपा नेपाल नाम र चुनाव चिह्न फेर्ने तयारीमा 


२७ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राप्रपा नेपालले आगामी जेठ ९ र १० गते जिल्ला अध्यक्षसहित केन्द्रीय कार्य समितिको बैठक काठमाडौँमा बोलाएको छ।

सचिवालयको बैठकले एजेन्डाहरू समेत तय गरेको छ। पार्टी अध्यक्ष कमल थापाले बैठकमा राजनीतिक कार्यपत्र प्रस्तुत गर्नेछन् भने महामन्त्रीहरू भाष्कर भद्राले सचिवालय , सुशील श्रेष्ठले प्रशिक्षण, राजाराम बर्तौलाले सङ्गठन सम्बन्धी र केशव श्रेष्ठले स्मार्ट पार्टी निर्माण सम्बन्धी प्रतिवेदन पेस गर्नेछन्। कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिवेदन पेस गर्नेछन् भने बैठकमा प्रदेश अध्यक्षहरूले प्रदेशको प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका तय गरिएको छ।

जनबर्गिय सङ्गठन प्रमुखहरुले ६ महिने कार्ययोजना समेत बैठकमा प्रस्तुत गर्नेछन्। सचिवालयको बैठकमा संघीयताको नाममा जबर्जस्ति लादिएको प्रदेश संरचना मुलुकले धान्न नसक्ने भएकोले पार्टीले पनि प्रदेश कमिटी खारेज गर्नुपर्ने विषय उठेको थियो। केन्द्रीय समिति बैठकमा यो विषय पनि महत्त्वको साथ उठ्ने जनाइएको छ।

पार्टीका महामन्त्री राजाराम बर्तौलाका अनुसार केन्द्रीय समिति बैठकमा समग्र विषयमा घनिभूत छलफल हुनेछ , पार्टीको नाम, चुनाव चिन्ह , सैद्धान्तिक वैचारिक पक्ष र भावी रणनीतिका विषयमा खुलेर छलफल हुनेछ।

महामन्त्री बर्तौलाले भने, ‘पार्टी प्रजातान्त्रिक ढंगले चल्ने हुँदा सबै विषयमा छलफल हुन्छ, बिचारको मन्थन हुन्छ, बहस हुन्छ , निषेधको राजनीति हुँदैन।’

‘पार्टीलाई वैकल्पिक शक्तिको रूपमा अगाडी बढाउने सन्दर्भमा सबै विषयलाई पार्टीले गम्भीरतापूर्वक ग्रहण गर्छ’ उनले भने। कार्यपत्र र प्रतिवेदनहरू बैठक अघि बस्ने कार्यसम्पादन समितिमा प्रस्तुत गरी पारित गर्ने तयारी भइरहेको भद्राले जानकारी दिए।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ११ : १५ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर