प्रतिनिधिसभा बैठक : प्रदेश नामकरणको विवाद वार्तामार्फत समाधान गर्न माग « Khabarhub

प्रतिनिधिसभा बैठक : प्रदेश नामकरणको विवाद वार्तामार्फत समाधान गर्न माग


२७ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– सांसद सुशीला श्रेष्ठले प्रदेश नं १ नामकरणको विषयमा भएको विवाद वार्ताका माध्यमबाट समाधान खोज्न सरकारसँग आग्रह गरेकी छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग समय माग गरेर बोल्दै उनले हिजो झापाको दमकमा भएको आन्दोलनका क्रममा झडप हुँदा आन्दोलनकारी र प्रहरीसमेत घाइते भएको बताउँदै वार्ताद्वारा समाधान खोज्न आग्रह गरेकी हुन् । 

‘प्रदेश नं १ को नामकरण भएदेखि पहिचानवादीहरू आन्दोलनमा भएको कुरा विदितै छ, कोशी नामकरण सङ्घर्ष समितिको आह्वानमा हिजो वैशाख २६ गते झापा दमकमा शान्तिपूर्ण राँके जुलुस भएको थियो, शान्तिपूर्ण राँके जुलुसमाथि अनावश्यक अवरोध र हस्तक्षेप गर्दा झडप भएको छ, मानिसहरु घाइते भएको छन्’, उनले भने ।  

सांसद श्रेष्ठले आन्दोलनका क्रममा १९ राउन्ड अश्रुग्यास, पाँच राउन्ड डोमिफायर र पाँच राउन्ड रबरबुलेट फायर हुँदा आन्दोलनकारी घाइते भएका हुन् । घाइते हुने निर्मला बराल र गजेन्द्र फागु लिम्बू छन् । गजेन्द्र फागु लिम्बूको देब्रे खुट्टामा गोली लागेको छ । उनीहरूको दमकमा उपचार भइरहेको छ । प्रहरीतर्फ पनि १० जना घाइते भएका छन् । 

बिहान ११ बजे बस्ने भनिएको संघीय संसद्, प्रतिनिधिसभाको आजको बैठक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूको अवरोधका कारण १५ मिनेटका लागि स्थगित गरिएको थियो । आजको बैठकमा आर्थिक वर्ष २०८०-८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (करप्रस्तावबाहेक) माथि छलफल हुने कार्यतालिका छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  १ : ४७ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर