काठमाडौँ– नेकपा एमालेका सांसद रघुजी पन्तले धुलो लागेर थन्किसकेको नागरिकता सम्बन्धी विधेयक राष्ट्रपतिले जारी गर्न नमिल्ने बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद पन्तले यस्तो बताएका हुन् ।
सांसद रघुजी पन्तले राष्ट्रपतिले त्यसबारे छलफल गरिरहेको खबर आएको भन्दै विधेयकलाई संसद्मा ल्याउन र संसद्बाट पारित गरेपछि मात्रै जारी गर्न आग्रह गरे ।
उनले कानून बनाउने अधिकार संसद्को हुने भन्दै त्यस्तो अधिकारको संरक्षण गर्न माग गरेका छन् ।
प्रतिक्रिया