बिरामी बिदा माग्दै संसद् सचिवालयमा रायमाझीले पठाए पत्र « Khabarhub

बिरामी बिदा माग्दै संसद् सचिवालयमा रायमाझीले पठाए पत्र


२७ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पक्राउ पुर्जी जारी भइसकेका एमाले सचिव टोपबहादुर रायमाझीले बिरामी बिदा माग्दै संघीय संसद् सचिवालयमा पत्र पठाएका छन् ।

उनले आफू बिरामी भएर उपचाररत रहेको भन्दै पत्र पठाएको संसद् सचिवालय स्रोतले जनाएको छ । पक्राउ पुर्जी जारी भएसँगै रायमाझी फरार छन् ।

उनलाई नेकपा एमालेले पार्टी सचिव पदबाट निलम्बन गरिसकेको छ । उनलाई सम्बन्धित निकायमा उपस्थित भएर अनुसन्धानमा सहयोग गर्न पनि भनेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान नसकिएसम्म एमालेको जिम्मेवारीबाट रायमाझीलाई निलम्बन समेत गरिएको छ। 

 

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ३ : ०७ बजे

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

रसुवा– भोटेकोशी बाढीबाट रसुवाका निजी विद्यालयमा ठूलो मानवीय तथा भौतिक

मनसुनजन्य विपद् अझै तर्सिरहन्छ टीकाभैरव

काठमाडौं– यतिबेला मौसम धुम्म छ । बेलाबेला आकाशबाट झमझम पानी परिरहेको

बीसौँ एसियाली खेलकुद : अफगानिस्तानमाथि नेपालको शानदार जित

काठमाडौं – जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा

मनोहरा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङ पुगे च्यासल

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ बाढी आएपछिको अवस्था अवलोकनका लागि नेकपा

नेतन्याहूको भाषण बहिष्कार गर्दै विभिन्न देशका प्रतिनिधि बाहिरिएपछि…

न्युयोर्क- संयुक्त राष्ट्र महासभामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सम्बोधन सुरु गर्नुअघि