हतियारसहित तीन जना पक्राउ « Khabarhub

हतियारसहित तीन जना पक्राउ


२७ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– नेपालगञ्जको किङग्स क्लबबाट हतियारसहित बाँके प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । गएराति साढे ११ बजे नेपालगञ्ज-१२ स्थित सुर्खेत रोडमा रहेको किङग्स क्लबमा पेस्तोलसहित आएर झगडा गर्दै गरेको अवस्थामा तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

क्लबमा झगडा हुँदै गरेको सूचना प्रहरीलाई आए लगत्तै गएको बाँके प्रहरीको टोलीले बर्दियाको बाँसगढी नगरपालिका ८ २८ वर्षीय सुमन रिजाल, गेरुवा गाउँपालिका ५ का ३२ वर्षीय सागर शाह र कोहलपुर ९ का २९ वर्षीय धर्म पुन मगरलाई  पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।

झगडा गरिरहेको अवस्थामा पक्राउ परेकाहरूसँग सोधपुछ गर्दा उनीहरूमध्ये सुमनले प्रहरी आएको थाहा पाइ क्लबको बाथरुममा लुकाएको म्यग्जिनमा लोड गरिएको एक राउन्ड गोलिसहितको अमेरिकन पेस्तोल प्रहरीले बरामद गरेको जानकारी दिएको छ । 

उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरीले उनीहरु सवार बा ११ च ८०० नम्बरको कार खानतलासी गर्दा एउटा खुकुरीसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

बाँके प्रहरीले उनीलाई हिरासतमा राखेर हातहतियार मुद्दामा थप अनुसन्धान गरिएको जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ५ : ४२ बजे

चितवन ३ मा पनि रास्वपा अगाडि

चितवन– पछिल्लो मत परिणामअनुसार चितवन ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौं-४ मा ४ हजार ६१६ मतसहित रास्वपाका पुकार बमको अग्रता

काठमाडौं– काठमाडौं–४ मा जारी प्रतिनिधिसभाको मत गणनाको अहिलेसम्मको परिणाम अनुसार

झापा–५ : बालेन ओलीलाई ६ हजार मतान्तरले पछि पार्दै अग्र स्थानमा

झापा– झापा निर्वाचन क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी

जुम्लामा राप्रपाका ज्ञानेन्द्रले अग्रता बनाउँदा रास्वपाकी बिनितालाई २ मत

काठमाडौं- एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जुम्लामा प्रारम्भिक नतिजा

स्याङ्जा–१ मा रास्वपा उम्मेदवार अगाडि, कांग्रेसले पछ्याउँदै

स्याङ्जा– प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत स्याङ्जा क्षेत्र नम्बर १ मा