‘सहमतिमा प्रदेशको नाम ‘कोशी’ राखिएको हो’  « Khabarhub

‘सहमतिमा प्रदेशको नाम ‘कोशी’ राखिएको हो’ 


२७ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूको सहमतिमा प्रदेशको नाम ‘कोशी’ राखिएको दाबी गरेका छन् । नगेन्द्रप्रसाद–आशालता रिजाल प्रतिष्ठान विराटनगरद्वारा आज यहाँ आयोजित पुरस्कार तथा सम्मान समर्पण छैटौँ संस्करणको-२०८० को उद्घाटन गर्दै उनले दुई तिहाइ बहुमतद्वारा राखिएको नामको विरोधमा केही पहिचानवादीले हिंसागत गतिविधि एवं तोडफोड गरेको आरोप लगाए ।

सरकारको गठन भएको ५२ दिन एवं प्रदेशसभाको १३ औँ बैठकबाट पाँच वर्षसम्म राख्न नसकिएको प्रदेशको नाम टुङ्ग्याएको बताउँदै मुख्यमन्त्री कार्कीले कोशी नाम ठीक छ भने नगरका बुद्धिजीवी, प्रौढ एवं नगरवासीले यसको समर्थनमा शान्तिपूर्णरूपमा सडकमा आउन आग्रहसमेत गरे। उनले बहुभाषिक, बहुजातीय, विविध भौगोलिकता र  एक सय २८ जातजाति बसोबास गर्ने यो मुलुकको हो भन्दै विविधताबीच एकता नै नेपालको गहना भएको प्रष्ट पारे । मुख्यमन्त्री कार्कीले भने, ‘नेपालमा सबै जातजातिले एक अर्काको भाषा, धर्म र संस्कृत सम्मान गर्ने हामीहरुको ऐतिहासिक परिचय रहेको छ ।’

सरकारले विराटनगरको ऐतिहासिक पहिचानलाई कायम राखी आधुनिक पहिलो सहरको रुपमा  बनाउनका लागि उपलब्ध स्रोत र साधनले भ्याएसम्म आवश्यक भौतिक संरचना निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले समाजको प्रगति, शान्ति, विकासमा योगदान नागरिकसँग आग्रह गरे ।

पूर्वमन्त्री एवं जनता समाजवादी पार्टीका नेता जयराम यादवले प्रदेशको नामकरण कानुनसम्मत रहेको छ भन्दै सत्यको पक्षमा नगरवासी लाग्नुपर्नेमा जोड दिए। प्रतिष्ठानका अध्यक्ष इन्दिरा रिजाल, कविराज न्यौपाने, विवश पोखरेललगायतले धार्मिक र साहित्य क्षेत्रका विविध पक्षमा चर्चा गरे ।

सो अवसरमा मुख्यमन्त्री कार्कीले नगेन्द्रप्रसाद आशालता रिजाल धर्म संस्कृति पुरस्कारबाट आबाल ब्रह्मचारी देवराजाचार्य स्वामी महाराजजीलाई नगद एक लाख एक हजार एक सय ११ र सम्मानपत्रद्वारा सम्मान गरे । त्यसैगरी उनले नगेन्द्र–आशा साहित्य पुरस्कारबाट साहित्यकार दधिराज सुवेदीलाई नगद एक लाख एक हजार एक सय ११ एवं सम्मानपत्रद्वारा सम्मान गरेका थिए।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ७ : ११ बजे

मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

स्याङ्जा – यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत

रोल्पा पहिरो अपडेट : बेपत्ता पाँच जनाको शव प्युठानमा भेटियो

रोल्पा – रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारा गाउँमा पहिरोमा परेर बेपत्ता