टर्की निर्वाचन र युवा मतदाताको निर्णय | Khabarhub Khabarhub

टर्की निर्वाचन र युवा मतदाताको निर्णय


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

‘टाइइप इर्डोगान फेरि निर्वाचित भए यो टर्कीको इतिहासमै सबैभन्दा दुखद हुने छ’, २३ वर्षीया इस्तानबुलकी विद्यार्थी पेरिटले भनिन्। सरकारले नियुक्त गरेको डिनविरुद्धमा सशक्त आवाज उठाएका उनले जेल सजाय पनि भोगेका थिए। पेरिटले यसअघि एक पटकको निर्वाचनमा भोट हालेका छन् भने उनका साथी सुड र इम्रुले पहिलो पटक मतदान गर्दै छन्। यसरी पहिलो पटक मतदान गर्नेको सङ्ख्या ५० लाख छ।

टर्कीका युवा पुस्ताको भविष्य साँच्चै खराब छ। आधिकारिक तथ्यांक अनुसार नै टर्कीको मुद्रास्फीति ४४ प्रतिशतले बढेको छ। पढाइ सकेर सबै कुरा पूर्ण हुँदैन। ‘यसपछि पनि जीवनमा धेरै कुरा बाँकी रहन्छन्’, उनले भने।

आइतबार हुने राष्ट्रपतीय र संसदीय निर्वाचनमा सुडले पनि विपक्षमा मतदान गर्ने बताएका छन्। ‘म आफ्नो योजना बताउन र मत व्यक्त गर्न स्वतन्त्र छैन। किनकी जब मैले यसो गर्छु मलाई आक्रमण हुन्छ,’ उनले भनिन्। यसै वर्षको सुरुवातमा उनलाई १२ महिना जेल सजाय तोकिएको थियो। बोगाजीकी विश्वविद्यालयमा भएको विरोध प्रदर्शनमा सहभागी भए बापत उनलाई गिरफ्तार गरिएको थियो। पेरिटको विचारमा एर्डोगान र उनको दल सत्तामा रहेको २० वर्ष भइसकेको छ। तसर्थ अब परिवर्तनको समय आइसकेको छ। उनी भन्छन्, ‘फेरि एर्डोगानले नै जित हात पारे भने टर्कीमा यो हाम्रो अन्तिम निर्वाचन पनि हुनसक्ने छ।’

निर्वाचनमा एकदमै कडा प्रतिस्पर्धा भइरहेको छ। एर्डोगनाले विपक्षी उम्मेदवार केमल किरिक डरागलुबाट कडा मुकाबिलाको सामना गरेका छन्। किरीले ६ वटा दलको संयुक्त गठबन्धनको प्रतिनिधित्व गर्छन्। साथै उनीप्रति धेरै विपक्षी दलको समर्थन रहने छ।

पहिलो पटक मतदान गरिरहेका लाखौं मतदाताले ८ प्रतिशत इलोक्ट्रोलको तयार गर्ने छन्। यी मध्ये धेरैले अझ कसलाई मतदान गर्ने भन्ने तय गरेका छैनन्। २० वर्षीय सालीहले कुनै निर्णय गरेका छैनन्। उनी भन्छन्, ‘मलाई लाग्छ, इर्डोगानमा भिन्न करिश्मा छ। टर्कीको निर्वाचनमा यस किसिमको करिश्मा आवश्यक छ।’

उनलाई इर्डोगानको विगतको अनुभव टर्कीको भविष्यका लागि काम पनि लाग्न सक्ने छ। विगतमा त्यहाँ प्रशस्त समस्या थिए। ऊर्जाको समस्या खेपेको टर्कीले सेनाको सहयोगमा आफू चलेको थियो। ‘अहिले हामी आफ्नै कार, ड्रोन र एयरक्राफ्ट निर्माण गरिरहेका छौं,’ उनले भने।

स्वाभाविक रूपमा सबै उम्मेदवारले यो निर्वाचनमा नयाँ मतदातालाई आफ्नो निसाना बनाएका छन्। एर्डोगनाले रक्षा संयन्त्र र प्रविधिलाई बलियो बनाएका छन्। किलिकले स्वतन्त्रता र रोजगारीको कुरा गरिरहेका छन्। २० वर्षीय गीजेमले टर्कीमा स्वतन्त्रताको अनुभव गरेकी छन्।

‘टर्कीमा महिलाको लागि अनिवार्य हेडस्काभको आवश्यकता थियो। यो स्वतन्त्रता २० वर्ष अगाडिको कुरा हो। सो समयमा महिलालाई विश्व विद्यालयमा प्रवेश दिइएको थिएन’, उनले भनिन्। इडोगानको कार्यकालको प्रमुख कोशे ढुङ्गा भनेको दशक अगाडि नै विश्वविद्यालय र सामाजिक सेवामा हेड स्कार्भ हटाउन गरेको निर्णय फिर्ता गर्नु हो।

‘हामी शिक्षिका, चिकित्सक र इन्जिनियर हेड स्कार्भ लगाएर काम गरिरहेका हुने थियौं। केटीहरू माथिको कठोर निर्णय इर्डेगानको पालमा हटेको हो। यसलाई धर्म निरपेक्षता भनिएको थियो,’ उनले थप बताइन्।

गत वर्ष किरिकले सामाजिक सुरक्षामा महिलाले हेडस्कार्भ लगाउनु पाउनु पर्ने प्रस्ताव गरेका थिए। सो प्रस्ताव अझै विवादमा छ। मध्य वामपन्थी राष्ट्रवादी समूहको तर्फबाट मेहरम इन्क र राष्ट्रवादी दक्षिण पन्थीको तर्फबाट सिनान ओगान पनि उम्मेदवार भएका छन्। पछिल्ला मत सर्वेक्षणले यी दुवैले पाउने मतले किरिकलाई प्रभाव पार्ने र दुई सातापछि हुने दोस्रो चरणको निर्वाचनमा मतदानमा यसलाई लैजाने सम्भावना प्रबल छ।

आइतबार नै हुने मतदानमा विजय हात पार्न ५० प्रतिशत मत आवश्यक छ। महिलाको मत पनि निर्णायक मानिन्छ। उनीहरूको मतले ५० दशमलव ६ प्रतिशत इलेक्ट्रोल चुनिने छन। पुरातनवादी महिलाकै मतका आधारमा इर्डोगानलाई दुई दशक अगाडि सत्तामा स्थापित गराइएको थियो। अहिले त्यो घटेको प्रस्ट भएको छ। त्यो समर्थन अहिले ओरालो लागेको अनुमान गरिएको छ।

महिलाविरुद्धको घरेलु हिंसाका लागि महत्त्वपूर्ण मानिएको इस्तानबुल सम्मेलनबाट टर्कीलाई बाहिर निकालिएकोमा धेरै महिला उनी प्रति आक्रोशित छन्। यसको असर निर्वाचनमा पनि पर्ने अपेक्षा गरिएको छ। इर्डोगानको यो विरुद्धमा धेरै महिलाहरूले विरोध पनि गरेका थिए।

विगतमा उनले बच्चा नजन्माउने महिलालाई आधा महिला मात्र भनेर सम्बोधन गरेका थिए। उनले महिलाले तीन बच्चालाई अनिवार्य जन्म दिनुपर्ने नियम राखेका थिए। उनले महिला र पुरुष बराबरी नुहुने कुरा पनि राखेका थिए। उनको गठबन्धनमा रहेका एउटा दल हुडा पार भनिने अतिवादी इस्लामिक पार्टीले एर्डोगानमा रहेका महिला सांसदको विषयमा कुरा उठाउन पनि सक्नेछ।

महिला अभियन्ता गुलसन काभ पनि सरकार लैङ्गिक समानता विश्वास नगर्ने तथा महिला स्वतन्त्रता छिनिएको बताउँछिन्। स्कर्ट लगाएका कारण उनीहरूमाथि आक्रमण हुने गरेको छ। पहिरनकै कारण महिला सङ्गीतकर्मीलाई जेल चलान गरिएको छ। यौन दुर्व्यवहार मुद्दा उठाएका कारण महिला कालकारलाई जेल चलान गरिएको छ। उनीहरूले महिला घरमा नै बसेर केही नगरे हुन्थ्यो भन्ने चाहेका छन्। तर, अहिले समय फेरिएको छ। स्रोत: बीबीसी

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ८ : २१ बजे

छवि पक्राउ परेपछि रविलाई भेट्न पुगे रास्वपाका नेता

काठमाडौं – रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

एनएमबि खेती कर्जाको लागि बागमती गाउँपालिकासँग सम्झौता

काठमाडौं– एनएमबि बैंक लिमिटेड, डि.भी एक्सेलस प्रालि (खेती एप) र

सबै दलको समझदारीमा संविधान संशोधन भए माओवादीले सहयोग गर्छ : नारायणकाजी श्रेष्ठ

काठमाडौं– नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिलेको उपलब्धिहरूलाई

प्रसाईंका समर्थकलाई यसरी पक्राउ गर्‍यो प्रहरीले (तस्बिरहरू)

काठमाडौं- मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतमा पेश

मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित

म्याग्दी– ऐतिहासिक र धार्मिक महत्वको मुस्ताङको पृथक् भू–बनोट, प्राकृतिक, भौगोलिक,