पूर्वी नाका काँकरभिट्टाबाट निर्यातभन्दा आयात दोब्बर  « Khabarhub

पूर्वी नाका काँकरभिट्टाबाट निर्यातभन्दा आयात दोब्बर 


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

बनियानी– झापाको पूर्वी नाका काँकरभिट्टाबाट निर्यातभन्दा आयात दोब्बर भएको छ । चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा ३५ अर्ब २१ करोड ९४ लाख ९० हजार बराबरको विभिन्न सामग्री आयात भएको काँकरभिट्टास्थित मेची भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिए । 

यस नाकाबाट सोही अवधिमा १६ अर्ब तीन करोड १७ लाख तीन हजार बराबरको विभिन्न वस्तु निर्यात भएको छ । निर्यातको तुलनामा आयात दोब्बरभन्दा बढी रहे पनि राजस्व संकलनको लक्ष्यसमेत पूरा नभएको कार्यालयले जनाएको छ । सरकारले तोकेको लक्ष्यको तुलनामा कार्यालयले ७१ दशमलव २४ प्रतिशत राजस्व संकलन  गरेको छ । उक्त अवधिमा १४ अर्ब ८४ करोड ५८ लाख ६७ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकामा १० अर्ब ४३ करोड २९ लाख ५७ हजार राजस्व संकलन भएको सूचना अधिकारी लम्सालले बताए ।

उक्त नाकाबाट आयात हुने मुख्य १० वस्तुमध्ये चालू आवको चैत मसान्तसम्म सबैभन्दा धेरै १४ अर्ब ५० करोड ३३ लाख बराबरको हवाई स्प्रिट आयात भएको छ । त्यस्तै जुट दुई अर्ब ९६ लाख ४१ लाख, प्राकृतिक ग्यास दुई अर्ब तीन करोड ९८ लाख, भटमासको पिना एक अर्ब ६० करोड २९ लाख, तरकारी एक अर्ब ४४ करोड ८३ लाख, जिप्सन ९८ करोड १९ लाख, कोइलाजन्य पदार्थ ९५ करोड ५६ लाख, दाल ८४ करोड ४१ लाख, कपडा ८२ करोड ३९ लाख र अल्किड रेजिन र अन्य पिभिसी रेजिन ८० करोड ५५ लाखको आयात भएका सोही कार्यालयका कर्मचारी चन्द्रबहादुर क्षेत्रीले जानकारी दिए ।

सो अवधिमा काँकरभिट्टा नाकाबाट निर्यात हुने मुख्य १० वस्तुमध्ये सबैभन्दा धेरै छ अर्ब ३३ करोड ७१ लाख बराबरको अलैँची निर्यात भएको छ । फलामजन्य सामग्री दुई अर्ब ९८ करोड ९९ लाख, चिया दुई अर्ब ६६ करोड ५४ लाख, प्लाइउड एक अर्ब २९ करोड ४६ लाख, अम्रिसो  ७२ करोड ९० लाख, अदुवा ४३ करोड ५२ लाख, पशु आहार ४० करोड ९५ लाख, धाउ, धतुमुल र खरानी २८ करोड ८४ लाख, दलहन २७ करोड ४६ लाख र पशु आहारको कच्चा पदार्थ २१ करोड ३७ लाख बराबरको निर्यात भएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  १२ : ३२ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल