कर्णालीमा जलवायु परिवर्तनको असर कम गर्न अभियान  | Khabarhub Khabarhub

कर्णालीमा जलवायु परिवर्तनको असर कम गर्न अभियान 


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेश सरकारले जलवायु परिवर्तनबाट हुने असर न्यूनिकरण गर्न अभियान सञ्चालन गर्ने भएको छ । यो अभियानलाई देशव्यापी बनाउने गरी कर्णालीबाट प्रमुख मुद्दा बनाउने योजनामा प्रदेश सरकार छ । 

पछिल्लो समय हिमालमा हिउँ पर्न छोडेको, समयमा वर्षा नहुने र त्यसको असर कृषि, खाद्यलगायत क्षेत्रमा परेर मानव अस्तित्वमा नै चुनौती थपिन थालेकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमै जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने गरी योजना निर्माण गर्ने प्रदेश सरकारको तयारी छ । 

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णकुमार बिसीले जलवायु परिवर्तनको असर न्यूनीकरणका गर्न प्रदेशभर नै अभियान सञ्चालन गरिने बताए।  त्यसका लागि विभिन्न विज्ञहरूसँग छलफल गरेर योजना निर्माण गरिने मन्त्री बिसीको भनाइ छ ।

उनले भने, ‘अहिले विश्वले नै भोगिरहेको जलवायु परिवर्तनको असरबाट हामी पनि प्रभावित छौँ । यससँग रहेर पनि काम गर्नुपर्ने छ, हाम्रा हिमालमा हिउँ पर्न छोड्यो, पानीका मुहान सुक्न थाले, जलचर संकटमा छन् । त्यसैले यस विषयमा पनि विज्ञसँगको छलफल थालिएको छ । आगामी नीति तथा कार्यक्रममा यो विषयलाई प्राथमिकतामा राखिनेछ ।’

सरकारले ठूलो सङ्ख्यामा वन पैदावारबाट हरित रोजगारी सिर्जना गर्ने योजना बनाएको छ । त्यसको कार्यान्वयन भने सुरु भइसकेको छैन ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  २ : ५७ बजे

म्याग्दे गाउँपालिकामा मजदुर सञ्चित कोष कार्यान्वयन

दमौली– तनहुँको म्याग्दे गाउँपालिकामा मजदुर सञ्चित कोष कार्यान्वयनको तयारी गरिएको

चित्रबहादुरको प्रश्न- समयमा संसद् नबोलाई अध्यादेशबाट सरकार चलाउने यही हो लोकतन्त्र ?

काठमाडौं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अध्यादेशबाट सरकार चलाउनु अप्रजातान्त्रिक भएको

हेटौँडा उपमहानगरद्वारा फोहर संकलन स्थगन

मनहरी– आजदेखि हेटौंँडा उपमहानगरपालिकाभित्रका १९ वडामा फोहर संकलन अनिश्चित कालका

संसदमा सुमनाको आग्रह- पैलेरै विधेयक अघि बढाउने काम नगरौँ

काठमाडौं– रास्वपा सांसद सुमना श्रेष्ठले सामाजिक सञ्जाल नियन्त्रणसम्बन्धी विधेयकमा उठेका

पाथीभरा, आशिका र सामाजिक सञ्जाल विधेयकमा सरकारलाई एकसाथ घेरे प्रचण्डले

काठमाडौं- प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न प्रकरण