आईपीएलमा मुम्बईसँग गुजरात पराजित « Khabarhub

आईपीएलमा मुम्बईसँग गुजरात पराजित


३० बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इण्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इण्डियन्स शीर्ष स्थानको गुजरात टाइटन्सलाई २७ रनले पराजित गर्दै तेस्रो स्थानमा उक्लिएको छ ।

शुक्रबार राति भएको वाान्खडे क्रिकेट रंगशालामा सम्पन्न खेलमा सूर्यकुमार यादव चम्किंदा मुम्बईले गत सिजनको च्याम्पियन गुजरातलाई पराजित गरेको हो ।

टस हारेपछि ब्याटिङ गरेको मुम्बईले प्रस्तुत गरेको २१९ रनको लक्ष्य पछ्याउने क्रममा गुजरातले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १९१ रनमात्र बनायो।मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २१८ रन बनाएको थियो। ​

राशिद खानले अविजित ७९ रन बनाए पनि गुजरातको हार टर्न सकेन। डेबिड मिलरले ४१, विजय शंकरले २९ र राहुल तेवातियाले १४ रन जोड्नुबाहेक गुजरातका अन्य खेलाडीले दोहोरो अंकमा रन थप्न सकेनन्।

जितसँगै मुम्बई तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने यो खेलमा हार व्यहोरे पनि गुजरात तालिकाको शीर्ष स्थानमा कायमै छ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ७ : ०५ बजे

मुग्लिन-नारायणगढ सडक अवरुद्ध, सजगता अपनाउन आग्रह

चितवन – लगातारको वर्षासँगै पहिरो र ढुंगा खसेपछि मुग्लिन-नारायणगढ सडक

आज श्रावणको तेस्रो सोमबार, पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड (तस्बिरसहित)

काठमाडौँ– चान्द्रमासअनुसार आज श्रावण महिनाको तेस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका

शिक्षासहित चारवटा समितिका बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिका बैठक बस्दैछन्

राष्ट्रियसभाको बैठक बस्दै, मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस गरिने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । संसद

सोमबार बिहानै रोल्पामा भूकम्पको धक्का

काठमाडौँ – रोल्पाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर सोमबार बिहान भूकम्प