अभिनयमा सन्तुष्टि मिल्छ « Khabarhub

अभिनयमा सन्तुष्टि मिल्छ

‘रामकृष्ण ढकालको फ्यान हुँ’


३० बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

सामाजिक सञ्जालको विस्तारले कलाकारिताको प्रचार प्रसारलाई सहज बनाएको छ। शिशिर भण्डारी पत्रकारिता हुँदै कलाकारितामा प्रवेश पाएको नाम हो। पेसाले पत्रकारिताबाट सुरु भएको यात्रा संगीत निर्देशक हुँदै नायकसम्म पुगेको छ। पत्रकारदेखि कलाकारितासम्मको सफलताको कथा सुनौलो रूपमा अगाडि बढेको छ। नेपाली कलाकारिताको विषयमा केन्द्रित भएर कलाकार शिशिर भण्डारीसँग प्रभा थापाले गरेको कुराकानीको सम्पादित अंश:

अबको तपाईंको परिचय के हो ?
खासमा मलाई कलाकार भनेर सम्बोधन गर्दा सबै पक्ष समेटिन्छन्। म त्यही क्षेत्रमा बढी रहेको कारण कलाकार नै मेरो परिचय हो। कलाकार भन्दा सम्पूर्ण पाटालाई समेट्न सकिन्छ। यसमै खुशी पनि लाग्छ।

पत्रकारिताबाट कसरी कलाकारितामा लाग्नुभएको हो ?
रेडियो र टेलिभिजन पत्रकार भएर केही वर्ष काम गरेको हुँ। त्यसका अनुभवहरू तथा कलाकारिताको पाटासँग छुँदै तथा नजिक हुँदै गएको हुँ। अहिले बढी म्युजिक भिडियातर्फ प्रेरित भएको छु।

तपाईंको उद्देश्य खासमा के थियो ?
उद्देश्य डाक्टर बन्ने थियो। २०६२ मा एसएलसी सकेर काठमाडौँ आएको हुँ। आमा बुबाको चाहना डाक्टर बनाउने थियो। काठमाडौंमा आएर बसेपछि पत्रकारिता हुँदै कलाकारितामा फड्को मार्न पाएको हुँ। हरेक पक्ष सहज त छैन तर म सहज रूपमा नै यो क्षेत्रमा लाग्न सफल भएँ भन्ने ठान्छु।

पत्रकारिता क्षेत्रमा लाग्दा परिवारको साथ सहयोग कस्तो थियो ?
सुरुमा परिवारमा बुवालाई डाक्टर बनाउने मोह बढी नै थियो। आमाले भने मेरो इच्छा अनुसार नै काम गर्न दिनुभयो। पत्रकारिता हुँदै कला क्षेत्रमा लागेपछि उहाँहरुले सहयोग गर्नुभएको छ।

पत्रकारिताबाट कलकारितामा आउँदाको यात्रा कस्तो रहेको थियो ?
म सानोदेखि नै स्कुलको कार्यक्रममा गीत र संगीतमा भाग लिने गर्थेँ। यसको अर्थ मेरो रुचिको क्षेत्र गीत संगीत नै थियो। पढ्ने समयमा पत्रकारिता पढेको मात्र हो। तर मेरो मोह कलाकारितातर्फ नै थियो। कलाकारिताप्रति पहिलेबाट नै लगाव भएको कारण यो क्षेत्रमा अगाडि बढ्न सहज भएको जस्तो लाग्छ।

दर्शकको रुचिलाई तपाईं कसरी बुझेर अगाडि बढ्नु हुन्छ ?
बुझाई फरकफरक हुनसक्छ। म धेरै गीतकारसँग भेट गरिराखेको हुन्छु। कतिले आफ्नो सन्तुष्टिको लागि लेखेका हुन्छन्। कतिले अरूको लागि लेखेका हुन्छन्। म भने कसैको जीवनमा छुने र व्यवहार तथा कार्यमा भएका घटनालाई नियालेर लेख्ने गर्छु।

गीत चल्नको लागि टिकटक कतिको आवश्यक छ ?
समय परिवर्तनशील छ। जमानादेखि रेडियो नेपाल सुन्ने समयदेखि आएर साप्ताहिक पत्रपत्रिका पढ्नेदेखि लिएर सबै कुरामा परिवर्तन भइरहँदै आएको हो। यो निरन्तर चलिरहने हुन्छ। टिकटकमा चलेको गीत नै अहिले चलेको छ। त्यस कारण टिकटकमा चल्न पनि गीत राम्रो हुनुपर्छ। युट्युब च्यानलसमेत सञ्चालन गरेको छु। त्यसमा नयाँ पुस्ता र दर्शक श्रोताले के रुचाउनु भएको छ, त्यस अनुसार नै चल्नुपर्ने हुन्छ। हरेक पक्षलाई नियाल्न सकिन्छ। सबैको माया पाएको छु।

अहिलेका धेरै युट्युब च्यानलले विकृति फैलाएका त छैनन् ?
अहिले नियामन गर्ने कुरा नभएको हिसाबले पनि यस्ता कार्य भएका छन्। आआफ्नो सोच हुन्छ। तर नकारात्मक रूपमा प्रयोग नगरे अझ राम्रो हुने थियो। आफूले सन्तुष्टि लिने हो। यसमा विकृति कुनै कुनै पक्षमा धेरै नै भएको पाइन्छ।

व्यावसायिक रूपमा कलाकार बनेर जीवन निर्वाह हुन्छ ?
कलाकारको अवस्था कस्तो छ, माग कस्तो छ फेरि त्यो माग एकै पटक बन्ने कुरा पनि भएन। आफूले संघर्ष गर्दै जाँदा दिन आउने हो। सबैले मेहनत गर्दा नै यो क्षेत्र राम्रो बन्ने हो। कलाकारितामा लागेर केही स्थापित व्यक्तिलाई सजिलो छ। सबैका लागि कलाकारिता सजिलो छैन। तर सिर्जनात्मक बन्दा जीवन निर्वाह असम्भव छैन।

कलाकारका रूपमा धेरै विधामा सक्रिय हुनुहुन्छ। त्यसमा पनि तपाईंलाई कुन विधामा सन्तुष्टि मिल्छ ?
कलकारितातर्फ अभिनयमा नै सन्तुष्टि मिल्छ। दर्शकले धेरै मात्रामा रुचाउने भएकाले पनि यसमा सन्तुष्टि प्राप्त भएको हो। गायनमा रुचि छ तर अभिनयमा जस्तो दर्शक तथा स्रोतालाई न्याय गर्न सक्दिन।

तपाईंको अबको योजना के हो ?
केही गीतहरू कम्पोजिसन गरेको छु। आफै गाउँछु भनेर कतिपय ‘प्याटन’ परिवर्तन गरेर गाउने सोच आएको छ। म क्यारिकेचर पनि गर्छु। तर आवाज परिवर्तन गर्नुपर्ने भएकाले अलिकति समस्या हुन्छ। तर प्रयास जारी छ। नितान्त कलाकारिता क्षेत्रमा नै लागेर जाने हो। मर्म भनेको गीत सङ्गीतको एउटै हुन्छ। समय अनुसार स्वाद बदलिनु पर्छ। पहिलेको इतिहास त कसैले ल्याउन सक्दैन जस्तो लाग्छ। तर प्रयास भने गर्नुपर्छ।

नेपाली कलाकारितामा तपाईंको प्रिय व्यक्ति कोही हुनुहुन्छ कि ?
गायनमा म सानैदेखि रामकृष्ण ढकालको फ्यान हुँ। उहाँका एल्बमका गीत सुनेर हुर्किएकाले पनि होला उहाँका गीत धेरै मनपर्छ। सानोमा जसका गीत सुने उहाँहरू नै प्रेरणाको स्रोत बन्नुहुने रहेछ। सानैदेखि उहाँ जस्तो बन्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो। अभिनयमा राजेश हमालबाट प्रेरणा पाएको छु। सबैको नाम लिन सकिँदैन। मलाई यहाँसम्म ल्याउने सबै अग्रजलाई सम्झन्छु। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता)
प्रस्तुति : कुसुम गौतम

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ९ : ३५ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी