अन्तर्राष्ट्रिय बुद्धिस्ट ट्राभल मार्ट सम्पन्न | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय बुद्धिस्ट ट्राभल मार्ट सम्पन्न


३० बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय बुद्धिस्ट ट्राभल मार्ट-२०२३ ले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत कनेक्टिभिटी प्रवर्द्धन र विस्तार गर्नुपर्नेमा जोड दिएको छ ।

लुम्बिनीमा तीन दिनसम्म आयोजना गरिएको बुद्धिस्ट मार्टमा जारी सात बुँदे लुम्बिनी घोषणापत्रमा बुद्धसँग सम्बन्धित चार प्रमुख पवित्रस्थल लुम्बिनी, बोधगया, शारनाथ र कुशीनगरको बौद्ध सर्किटलाई अन्य बौद्धस्थलमा विस्तार गर्ने, प्रवर्द्धनका लागि साझा कथा विकास गर्नेसमेत उल्लेख गरिएको छ ।

घोषणापत्रमा लुम्बिनी, भगवान बुद्ध (शाक्यमुनि) को जन्मस्थल र शान्तिको मुहानलाई बौद्ध परिक्रमाको सुरुआत बिन्दु र शान्ति गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने, लुम्बिनी र अन्य बौद्धस्थलमा पर्यटकको बसाइ विस्तार गर्न विभिन्न गतिविधिसहितको साझा प्याकेज विकास गर्ने, पर्यटकलाई अन्तर्राष्ट्रिय नेटवर्किङ र संलग्न गतिविधिलाई प्राथमिकता दिने उल्लेख छ ।

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजना, नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल (नाट्टा) को संयोजन तथा लुम्बिनी विकास कोष, नेपाल वायुसेवा निगमको सहकार्यमा लुम्बिनीमा मार्टको दोस्रो संस्करण आयोजना गरिएको थियो ।

सन् २०२४ को मार्च २४ मा तेस्रो अन्तर्राष्ट्रिय बुद्धिस्ट ट्राभल मार्ट आयोजना गर्नेसमेत जनाइएको छ । मार्टले अन्तर्राष्ट्रिय क्षेत्रमा बौद्ध पर्यटन, उत्पादन र गतिविधिको विकास, ब्रान्ड र प्रदर्शन गर्ने वार्षिक कार्यक्रमका रूपमा स्थापित हुने विश्वास गरिएको नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले बताए । 

उनले मार्टमा सहभागी विभिन्न देश तथा क्रेता र बिक्रेताको उपस्थितिले लुम्बिनीको पर्यटनलाई थप चलायमान बनाउने विश्वास व्यक्त गरे। ‘लुम्बिनी आफैमा बुद्ध पर्यटनको केन्द्र हो । मार्टले कोभिडपछि शिथिल भएको पर्यटनलाई पुनर्जागृत गर्न र लुम्बिनीको महत्वलाई थप उजागर गर्न सहयोग पुग्ने हाम्रो अपेक्षा छ’, उनले भने ।

लुम्बिनी विश्वविद्यालयका डीन डा मानिकरत्न शाक्यले लुम्बिनीमा आयोजना गरिएको अन्तर्राष्ट्रिय मार्टले बुद्ध दर्शन तथा यस क्षेत्रको प्रचारमा थप सहयोग पुग्ने बताए। कार्यक्रम समापनका अवसरमा पर्यटन विज्ञ प्रा डा हिमलाल घिमिरे, नाट्टाका अध्यक्ष रमेश थापा, वरिष्ठ उपाध्यक्ष प्रमोद दाहाल लगायतले मार्ट नेपालको बुद्ध पर्यटनका लागि एउटा महत्वपूर्ण कार्यक्रमका रुपमा विकास हँदै गइरहेको र यसले नेपालको समग्र पर्यटन चलायमान बनाउने बताए । मार्टका अवसरका विभिन्न क्षेत्रका विद्धानले बुद्ध दर्शन, बुद्ध पर्यटन बुद्धमार्गी देशसँगको सहकार्यलगायका विभिन्न विषयमा सामूहिक छलफल भएको थियो । 

मार्टमा नेपालसहित भारत, मलेसिया, चीन, कोरिया, बंगलादेश, म्यान्मा, थाइल्याण्ड, श्रीलंकालगायत देशबाट २८ वटा ट्राभल÷टुर कम्पनीको सहभागिता थियो । कार्यक्रममा स्वदेशी तथा विदेशी विज्ञद्वारा बुद्ध धर्म, बुद्धिष्ट पर्यटनलगायतका विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो । 

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  २ : ५० बजे

‘काठमाडौँ पिंक केयरएथन’ हुँदै 

काठमाडौं– महिलाहरूको स्वास्थ्य एवं फिटनेसमा सचेतना जगाउने उद्देश्यले यही मार्च

भोलिबाट भ्यालेन्टाइन सप्ताह : प्रियजनलाई कसरी खुसी पार्ने ?

काठमाडौं– फेब्रुअरी महिना लागिसकेको छ र छिट्टै भ्यालेन्टाइन विक सुरु हुन

अमेरिकी सीमामा १० हजार नेसनल गार्ड सेना तैनाथ

एजेन्सी – राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा भन्सार महसुलको धम्कीपछि मेक्सिकोले आफ्नो

काठमाडौंमा बढे करदाता, बालेनले बिर्सिए चुनावी बाचा

काठमाडौं – काठमाडौं महानगरपालिकामा कर तिर्ने व्यवसायीको सङ्ख्या बढिरहेको छ

सदनमा जनसरोकारका विषय उठाउने कांग्रेसको प्रतिबद्धता

काठमाडौं– नेपाली कांग्रेसले राष्ट्र र जनताका हितमा समर्पित रही काम