सहिद भीमनारायण गोल्डकप : एपिएफविरुद्ध वीरगन्ज युनाइटेड विजयी « Khabarhub

सहिद भीमनारायण गोल्डकप : एपिएफविरुद्ध वीरगन्ज युनाइटेड विजयी


३० बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

धनकुटा – धनकुटामा जारी १५औँ सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा वीरगन्ज युनाइटेड क्लबले साविक विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई पराजित गरेको छ । वीरगन्जले एपिएफलाई टाइबेकरमा हराएको हो ।

निर्धारित खेल खेल २–२ गोलको बराबरीमा टुङ्गिएपछि वीरगन्जले टाइबेकरमा एपिएफलाई ४–१ गोलअन्तरले पराजित गरेको हो । जितसँगै वीरगन्ज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको पहिलो हाफको २३औँ मिनेटमा वीरगन्जका नीरज थापाले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको दोस्रो हाफमा वीरेन्द्रप्रसाद यादवले रेडकार्ड पाएपछि एपिएफ १० खेलाडीमा सिमित बनेको थियो ।

आक्रामक शैलीमा उत्रिएको एपिएफका तर्फबाट खेलको ६३औँ मिनेटमा सन्तोष कटवालले गोल गर्दै खेललाई १–१ को बराबरीमा पु¥याएका थिए । खेलको ८४औँ मिनेटमा प्रवीनकुमार स्याङदेनले थप एक गोल गर्दै एपिएफलाई २–१ गोलको अग्रता दिलाए । वीरगन्जका विवेक चौधरीले खेलको ८६औँ मिनेटमा गोल गरेपछि खेल बराबरीको अवस्थामा पुग्यो । टाइबेकरमा वीरगन्जका तर्फबाट श्याम चौधरी, सिसस थापा, उमेश कार्की र नीरज थापाले गोल गरेका थिए । यस्तै एपिएफका तर्फबाट एकमात्र गोल प्रवीनकुमार स्याङ्देनले गरे ।

प्रतियोगिताअन्तर्गत आइतबार पेमा युवा क्लब विराटनगर र प्लानिङ ब्वाइज क्लब काठमाडौँबीच समिफाइनल खेल हुनेछ । पेमाले आयोजक धनकुटालाई टाइबेकरमा हराउँदै तथा प्लानिङ ब्वाइजले भारत, सिलिगुडीको कञ्चनजङ्घा फुटबल क्लबलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  १० : ०७ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन