लम्पी स्किन फैलिएसंगै गोठ–गोठमा पशु चिकित्सक « Khabarhub

लम्पी स्किन फैलिएसंगै गोठ–गोठमा पशु चिकित्सक


३१ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

मुग्लिन– लम्पी स्किन रोग फैलिँदै गएपछि चितवनको इच्छाकामनामा पशु चिकित्सक र प्राविधिकहरु किसानको गोठ–गोठमा पुगेका छन् । रोग फैलिन नदिन र सङ्क्रमित गाईवस्तुको उपचारका लागि पशु चिकित्कस तथा प्राविधिकहरु किसानको गोठ–गोठमा पुगेको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताए। उनका अनुसार यस रोगबारे किसानलाई आवश्यक परामर्शसमेत दिँदै आएका छन् ।

गाउँपालिका पशु सेवा शाखाका प्रमुख रञ्जित विकका अनुसार लम्पी स्किन रोगबाट गाउँपालिकाभर हालसम्म २३ वटा गाईगोरु मरेका छन् । वडा नं १ मा सबैभन्दा धेरै गाईगोरु मरेका छन् । वडा नं १ मा मात्र ११ वटा गाईगोरु मरेका छन् । वडा नं २ मा १० र वडा नं ७ मा दुईवटा मरेका छन् । उनका अनुसार गाउँपालिकाको सातवटै वडामा फैलिएको यस रोगबाट पाँच सयभन्दा बढी गाईगोरु बिरामी परेका छन् ।

प्रमुख विकका अनुसार किसानबाट जानकारी पाउनासाथ पशु चिकित्सक डा सुनिल ज्ञवालीसहितको प्राविधिक टोलीहरु किसानको गोठ–गोठमा पुगेर आवश्यक उपचार र परामर्श दिन सुरु गरेका थिए । प्रत्येक वडामा प्राविधिक खटाई हरेक दिन उपचार र विवरण संकलन गर्ने कार्य भइरहेको उनले बताए ।

इच्छाकामनामा भौगोलिक विकटता, जनचेतनाको अभाव सञ्चारमाध्यमको पहुँच नभएकाले नियन्त्रणमा केही समस्या आए पनि हाल निरन्तर पशु चिकित्सक र प्राविधिकहरु खटाई उपचार र जनचेतनामूलक कार्यक्रमहरु गरिरहेकाले नियन्त्रण उन्मुख अवस्थामा पुगेको पशु सेवा शाखाका प्रमुख विकले बताए ।

यस रोगको ठोस उपचार नभएकाले सङ्क्रमित गाईभैँसीलाई मृत्युबाट बचाउन लक्षणमा आधारित उपचार गर्ने र सङ्क्रमण फैलन नदिनका लागि गाईभैँसीको ओसारपसार र गोठको सरसफाइ नै मुख्य उपाय रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ६ : ४६ बजे

मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना गरेको

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्रको

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम– जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन

चार महिनामा विपद्का पाँच हजार बढी घटना, २५० जनाको मृत्यु

काठमाडौँ– बितेको चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा बढी