राष्ट्रपतिद्वारा बस्नेतको निधनप्रति दुःख व्यक्त « Khabarhub

राष्ट्रपतिद्वारा बस्नेतको निधनप्रति दुःख व्यक्त


३१ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्रका सेनानी, जननायक बिपी कोइराला स्मृति ट्रष्टका संस्थापक तथा कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको निधनप्रति दुःख व्यक्त गरेका छन्।

राष्ट्रपति पौडेलले शोक सन्देशमार्फत बस्नेनको आत्माको चीर शान्तिको कामना गर्दै शोक–सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको ट्रष्टले जनाएको छ । सोलुखुम्बुमा जन्मेर नेपालको प्रजातान्त्रिक आन्दोलनमा जीवन समपर्ण गगरेका बस्नेत एक निष्ठावान र इमान्दार राजनीतिकर्मीका रुपमा परिचित भएका राष्ट्रपतिले उल्लेख गरेका छन् ।

विसं २०१७ मा जननिर्वाचित सरकारलाई अपदस्थ गरेर निरङ्कुश तानाशाही व्यवस्था लादिएपछि त्यसका विरुद्धमा कलिलै उमेरबाट बस्नेतले आफूलाई होमिएका थिए । लामो समयसँगै जेलमा सँगै बसेका दिनहरु सम्झँदै राष्ट्रपतिले गणतन्त्र सुदृढिकरण, प्रजातान्त्रिक मूल्यमान्यताको विकास र प्रेस स्वतन्त्रतालाई मूल मुद्दा बनाएर बस्नेतले संविधानसभामा गर्ने बहस स्मरणीय रहेको उल्लेख गरेका छन् ।

राष्ट्रपतिबाट प्राप्त शोक सन्देश आज स्व बस्नेतको परिवारजन समक्ष उनको निवास सिफल हाइटमा वाचन गरिएको थियो । उक्त सन्देश लिएर राष्ट्रपतिकी सुपुत्री अवज्ञा पौडेल र प्रेस सल्लाहकार किरण पोखरेलसहितका अन्य उच्च अधिकारीको उपस्थिती थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  १० : ५९ बजे

बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी

खोटाङ- मध्यपहाडी लोकमार्ग सडकखण्डको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङस्थित पङ्खुखोला

रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मुलुकको नेतृत्व हो : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले युगले दिएको अभिभारा

एसीसी महिला प्रिमियर कपमा नेपाल हङकङसँग ६९ रनले पराजित

काठमाडौं- एसीसी महिला प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा

परराष्ट्रमन्त्री खनाल र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

 काठमाडौं – भारतको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय

भारतीय पर्यटकमा ‘सिभिक सेन्स’ अभाव : सार्वजनिक स्थानमा ‘असभ्य व्यवहार’ले उठ्दैछ प्रश्न

काठमाडौं– नेपालमा सबैभन्दा धेरै भारतीय पर्यटक आउछन् । छिमेकी देश,