नेताको मृत्युपछि त्रासमा समलिंगी ट्रान्सजेन्डर | Khabarhub Khabarhub

नेताको मृत्युपछि त्रासमा समलिंगी ट्रान्सजेन्डर


१ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

उनीहरूका नेता सिन्ता रात्रिको ज्यान गएपछि इन्डोनेसियाका इस्लामिक सेन्टरमा ट्रान्सजेन्डर समलिंगी महिलाको भविष्य अन्योलमा परेको छ। कठोर मुस्लिम समाज रहेको स्थानमा ट्रान्सजेन्डर अलफताह नाम भएको केन्द्र स्थापना गर्दै त्यही सुरक्षित जीवन बिताइरहेका थिए।

अहिले रात्रिको जीवन लीला सकिएपछि उनीहरूमाथि धेरै समस्या थोपरिन थालेको छ। तर, सरकारले उनीहरूलाई सहयोग गर्न नसक्ने जनाइसकेको छ। फताह सामुदायिक केन्द्रमा सधैँ उपस्थित हुने महिलाको सङ्ख्या ६३ छ। उनीहरू त्यही बसेर कुरान पढ्ने गरेका छन्। धर्मका कुरा गर्छन् र आफूहरूको पहिचानको बेवास्ता गर्दै समुदायमा घुलमिल गर्छन्।

रिनी कालीङ उनीहरू मध्येकै एक हुन्। एउटा हाते झोला भिरेर योग्यकार्टाको ऐतिहासिक सहरमा पुग्नु अगाडि उनले बिहानै आफ्नो मन पर्ने कालो चिया बनाएर पिउने कामबाट दैनिकी सुरु हुन्छ।

माइलसम्मको यात्रामा उनले ब्लु टुथमा बजेको सङ्गीतमा गीत गाउँदै आफ्नो जीवन चलाउनका लागि पैसा उठाउँदै हिँड्ने गरेकी छिन्। कुरान सिक्नका लागि अल फताह पुगेसँगै मंगलबार उनको यात्राको अन्त्य भएको छ। ‘यो सुरक्षित स्थान हो। जहाँ हामी प्रार्थना गर्न सक्छौँ,’ सन् २०१४ देखि त्यहाँ गइरहेकी उनले भनिन्।

बच्चामा रिनी केटासँग भन्दा केटीसँग खेल्दा रमाइलो मान्ने गर्थिन्। केटीको जस्तै पहिरन लगाउने उनी भान्सा कोठामा भाडा कुटी खेल्ने गर्थिन्। यी सबै गर्दा उनी केटी बनेर नै गर्ने गर्थिन्। लिङ्ग परिवर्तन गर्दै महिला बनेपछि उनी र उनका नौ जना दाजुभाइले यसलाई स्वीकार गरे। अहिले सडकमा नाच्दै र गाउँदै हिँड्ने उनलाई देखेर मानिस हाँस्ने गरेका छन्।

‘मानौं म यहाँ सेलिब्रेटी भइरहेको छु,’ उनले भनिन्। उनले त्यही जाने गरेकी एक साथीबाट इस्लामिक सेन्टरमा उनी जस्तै समलिंगीका धेरै कुरा हुनसक्ने सुनेकी थिइन्। उनी जस्तै पेसन भएका धेरै महिलाको उनले एउटा समुदाय नै खडा गरिन्। मस्जिदमा प्रार्थनाका लागि जाँदा उनी भिन्न र नसुहाउँदो देखिन्छिन्। ‘उनीहरूले हामीलाई सहजै स्वीकार गर्दैनन्। यस कारण म सिना रात्रि’को स्थानमा पुगेँ,’ उनको भनाइ छ।

‘धेरै इस्लामिक सेन्टरले ट्रान्सजेन्डरलाई स्वीकार गर्दैनन्,’ सेन्टरकी केयर टेकर नुर आयुले भनिन, ‘यहाँ महिला र पुरुष जुनसुकै रूपमा आफूलाई मन लागे जसरी आउन छुट छ।’ सिनाता रात्रि अल फताह कम्युनिटी सेन्टरको संस्थापक मध्ये एक हुन्।

ट्रान्सजेन्डर महिलाका लागि धेरै संस्थासँग मिलेर काम गरिरहेकी उनले सन् २०१४ मा त्यस सेन्टरमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेकी हुन्। उनको निधनलाई सेन्टरका सदस्यले अपूरणीय क्षति भनेर सम्बोधन गरेका छन्। नुरले सिनात्रा एउटा बत्तीको चमक झैँ भएका कारण उनको अभावमा परिवारको एक सदस्य गुमाएको बताउँछिन्। उनको अनुपस्थितिमा त्यस केन्द्रमा रहनेहरू रित्तो महसुस गरिरहेका छन्।

उनको मृत्युपछि कम्युनिटी सेन्टरको भविष्य नै अन्योलमा परेको छ। त्यो पुरानो एक जना नेताको घरमा थियो। उनीहरूले अल फताहलाई त्यहाँबाट निस्केर जान भनी सकेका छन्। ‘सिनात्रा नभएपछि हामी बाहिर गएर स्वतन्त्र पूर्वक रहन पनि सक्छौ’, नुरले भनिन्।

सेन्टरकी सचिव वाईएस अल्बुचाउरीले उनीहरूले समुदायका साथै कोही अधिकारवादी संस्थाबाट सहयोग पाइरहेको बताउँछिन्। तर त्यहाँको धार्मिक समुदायमा ट्रान्सजेन्डरको उपस्थिति विरलै स्वीकार गरिन्छ। राज्यले सिधै अस्वीकार गरेको देखिँदैन। तर, अप्रत्यक्ष रूपमा असहयोगी भावना रहेको छ।

सरकारी अधिकारी वायरानो अब्दुल गफार केन्द्रको यो अस्तित्वका बारे सचेत रहेको बताउँछन्। तर, उनको विचारमा त्यस प्रान्तमा रहेको कानुनका कारण प्रत्यक्ष रूपमा कुनै सहयोग गर्न सम्भव नै छैन। उनले राज्यको नीतिमा सबैलाई उत्तिकै ठान्ने भए पनि त्यहाँको समुदायले अस्वीकार गरेपछि सहयोगको कुनै बाटो नै ननिस्कन सक्छ। त्यहाँको संस्कृति मन्त्रालयले अल फताहको कसैसँग भेटेको छैन। कुनै सल्लाह पनि गरेको छैन।

त्यसै सेन्टरका अर्का अब्दुल मलाये अल फताहले दिएको सुविधा प्रति आभार व्यक्त गर्न चाहन्छिन्। उनी पनि एक दिन इन्डोनेसियामा ट्रान्सजेन्डर महिलालाई सहजै स्वीकार गरिने दिन आउनेमा विश्वस्त छिन्। त्यस सेन्टर सञ्चालनमा रहेका सबैलाई यो आशा पलाएको छ। रुली भन्छिन्, ‘इस्लाम धर्म अनुसार सबैलाई प्रार्थना गर्न ठाउँ उपलब्ध गराउन सकिन्छ,’ उनलाई राज्यले संरक्षण नै गरेको भान भएको छ। एक दिन पूर्ण रूपमा सहयोग गर्ने विश्वास उनमा जागेको छ। अहिले नयाँ स्थान पाउन र यसलाई सञ्चालन गर्न पैसाको जोहो गर्ने समस्यामा उनीहरू छन्।

अहिले छिमेककै एक स्थानमा उनीहरूलाई स्वागत गरिएको छ। ट्रान्सजेन्डर नरहेकी रोसीदाले उनीहरूलाई त्यहाँ जान सक्ने बताइ सकेकी छिन्। रोसीदा समुदायमा सहयोगी मानिसको रूपमा परिचित छिन्। रोसिदाले त्यही पुगेर उनीहरूलाई बोलाउन चाहेकी छिन्। रोसीदाले त्यहाँ गएर स्वयंसेवकको रूपमा पनि काम गरेकी थिइन्। त्यहाँ पुगेपछि सबै हाँसी रहेका तथा एकले अर्कालाई राम्रो व्यवहार गरिरहेको देखेर उनी आकर्षित भएकी थिइन्।

सेन्टरमा इक्रा सिकाइरहेकी टेगु रिद्रो अर्को स्वयंसेवी हुन्। उनी पनि त्यहाँ आएपछि मानिसको हृदयको धड्कन सुन्न थालेको बताउँछन्। रिद्रोको मनमा सन् २०१६ मा भने अतिवादी इस्लामिक समूहले त्यस स्थानमा आक्रमण गरेको दृष्य ताजै छ।

त्यसै आक्रमणका कारण बन्द भए पनि सिनात्राको प्रयासका कारण फेरी खोलिएको थियो। त्यस अल फताह सेन्टरमा ट्रान्सजेन्डरको भविष्य अन्योलमा छ। स्रोत : बीबीसी

प्रकाशित मिति : १ जेठ २०८०, सोमबार  ११ : ३२ बजे

बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–४ मा अवलोकेश्वर बौद्ध गुम्बा निर्माण गरिएको

भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा

सुनसरी– देवानगञ्ज गाउँपालिका–३ का अजय मण्डलले तीन कठ्ठा क्षेत्रफलमा बन्दागोभी

रामेछापमा जुनार उत्पादन वृद्धि

रामेछाप– रामेछापमा यस वर्ष जुनारको उत्पादन बढेको छ । यस

आर्सनलले निकाल्यो तीन शून्यको प्रभावशाली जित

काठमाडौं – खराब खेल प्रदर्शन गर्दै आएको आर्सनलले इङ्लिस प्रिमियर

चेल्सीसँग लिसेस्टर सिटी पराजित

काठमाडौं – इङ्लिस प्रिमियर सिप अन्तर्गत शनिबार राति भएको खेलमा