इतिहासमै १ वर्षको अवधिमा सरकारले यति राम्रो काम गरेको थिएन– प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

इतिहासमै १ वर्षको अवधिमा सरकारले यति राम्रो काम गरेको थिएन– प्रधानमन्त्री ओली


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले एक वर्षमा इतिहासमै राम्रो काम गरेको बताएका छन् ।

बिहीवार राष्ट्रियसभागृहबाट जनताको जलविद्युत आयोजना कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले इतिहासकै सबैभन्दा राम्रो काम गरेको दाबी गरेका हुन् । यो तथ्यहरु र आँकडाहरुले देखाउने ओलीको भनाइ थियो ।

‘म दाबाका साथ भन्छु नेपालको प्रगति यो एक वर्षमा इतिहासमा पहिले भन्दा गतिका साथ भएको छ, यो तथ्यहरुले, आँकडाहरुले बताउँछ,’ ओलीले भने,‘यो विकासका लागि आधार वर्ष हो । यसले मजबुद आधार बनाएको छ । यस्तो मजबुद जग बनाएको छ हजार तले घर बनाए पनि त्यसले थेग्छ । ’

सरकार कानूनी, संरचनागत, कानूनी, आर्थिक रुपमा व्यवस्थित रुपमा अगाडि बढेको भन्दै विनासमस्या नयाँ संरचनामा गएर आफूहरुले महत्वपूर्ण काम गरेको प्रधानमन्त्री भनाइ थियो ।

प्रधानमन्त्री ओलीले सरकार छलछालविना स्पष्ट मार्गचित्रसहित योजनावद्ध रुपमा देशविकासमा अगाडि बढेको बताए । ‘यो आठ कक्षाका विद्यार्थीको वक्तृत्वकला होइन । यो देश बनाउने कुरा हो, यसमा अहिलेको सरकार कुनै छलछामविना स्पष्ट मार्गचित्र योजना कार्यक्रमका साथ योजनावद्ध रुपमा अगाडि बढेका छौं ’ ओलीले भने ।

यस्तै योजनाका साथ अगाडि बढेको भए नेपाल बेग्लै अवस्थामा पुग्ने प्रधानमन्त्रीको भनाइ थियो । यसरी योजनाबद्ध रुपमा अगाडि बढ्दा १० वर्षमा नेपालले विकासको क्षेत्रमा काँचुली फेरिने उनको भनाइ थियो ।

जनताको जलविद्युत आयोजना जनताको कार्यक्रम भएकोले यो सफल हुने प्रधानमन्त्रीको दाबी थियो । आम नेपालीहरुले सानो लागानी गर्दा सबै नेपाली जलविद्युतमा सेयर धनी बन्ने बताए ।

फागुन २ )को ३५ दिनपछि यसको शेयर खुल्ने र चैत सात गते विदा परेन भने आफूले पहिलो शेयर किन्ने प्रधानमन्त्रीले बताए । उनले अरु सबैलाई शेयर किन्न आग्रह गरे ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  १ : ३८ बजे

निर्वाचन तोकिएकै मितिमा हुन्छ : गृहमन्त्री अर्याल

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा हुने बताएका

मधेश प्रदेशसभा सदस्य शर्माको घरमा आगजनी

पर्सा – मधेश प्रदेशसभा सदस्य विनादेखी शर्माको वीरगञ्ज महानगर–६ स्थित

देउवा दम्पती उपचारका लागि सिंगापुर प्रस्थान (तस्बिरहरू)

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य

‘अब सुन्छ अमेरिका’ टुर सकिएपछि एलिनाले भनिन्– कलाकारलाई नोकरझैँ गरियो, कैदीझैँ राखियो

काठमाडौँ– फ्लाइ नेपा ट्राभल्सको आयोजनामा अमेरिकाका विभिन्न सहरमा चलेको सांगीतिक

नेदरल्यान्ड्सका म्याक्स ओ डाउड कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि कर्णाली