गाई खोज्न जङ्गल गएका शेर्पा मृत फेला | Khabarhub Khabarhub

गाई खोज्न जङ्गल गएका शेर्पा मृत फेला


२ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपको लेप्चुङका ५५ वर्षीय लाक्पाडन्डु शेर्पा मृत अवस्थामा फेला परेका छन् ।

आइतबार चरनमा निस्किएका गाई खोज्न जङ्गल गएका शेर्पा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

गाई खोज्न हिँडेका शेर्पा घर नफर्किएपछि आफन्तले प्रहरीलाई खबर गरेको र प्रहरीचौकी लेलेपबाट खटेको प्रहरीको टोलीले खोजतलास गर्ने क्रममा मृतावस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए ।

उनका अनुसार कानुनी प्रक्रिया पूरा गरी शेर्पाको शव आफन्तलाई जिम्मा लगाइएको छ ।

प्रकाशित मिति : २ जेठ २०८०, मंगलबार  ७ : ०० बजे

राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

प्रतिनिधिसभा बैठक बस्दै, अध्यादेशहरू प्रस्तुत गरिने (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

रोमाञ्चक खेलमा लेगानेसविरुद्ध रियल म्याड्रिडको जित

काठमाडौं – कोपा डेल रे कपको बुधबार राति भएको क्वार्टर

आज कस्तो रहला देशभरको मौसम ?

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून

अर्सनलमाथि शानदार जित निकाल्दै न्युक्यासल कारबाओ कपको फाइनलमा

काठमाडौं – न्युक्यासल युनाइटेड ५६ वर्षपछि कुनै ठुलो प्रतियोगिताको उपाधिको