तिब्बती महिलाको अवस्थालाई लिएर राष्ट्रसङ्घीय समितिद्वारा चीनमाथि प्रश्न « Khabarhub

तिब्बती महिलाको अवस्थालाई लिएर राष्ट्रसङ्घीय समितिद्वारा चीनमाथि प्रश्न


२ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तिब्बती महिलाहरूको अवस्थालाई लिएर संयुक्त राष्ट्रसङ्घीय समितिले चीनमाथि प्रश्न गरेको छ ।

तिब्बती महिलाको अवस्थाबारे चिन्तित रहेको भन्दै राष्ट्रसंघको महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी समिति (सिइडिएडब्ल्यु) ले चीनलाई प्रश्न गरेको हो ।

समितिले न्युयोर्कमा हालै सम्पन्न बैठकमा तिब्बती महिलाका अधिकार तथा हितका बारेमा गहिरो चासो व्यक्त गरेको तिब्बत अधिकार समूह तिब्बत राइट्स कलेक्टिभले जनाएको छ ।

तिब्बतमा बस्ने महिलाको लैङ्गिक समानता, स्वास्थ्य सेवा तथा शैक्षिक पहुँच, राजनीतिक संलग्नता, धार्मिक एवम् सांस्कृतिक अधिकार संरक्षणलगायत विषयमा पनि समितिले चीन सरकारसँग जवाफ मागेको छ ।

बैठकमा महिला हकअधिकार संरक्षणसम्बन्धी तिब्बत ब्युरो र तिब्बती महिला सङ्घले तिब्बतमा महिलाले झेल्नुपरेका समस्याबारे जानकारी दिएका थिए ।

बैठकमा ती संस्थाका प्रतिनिधिले महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी अन्तरराष्ट्रिय महासन्धिको कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।

मानवअधिकार समूहले उठाएका विषयमा चीन सरकारका तर्फबाट समितिलाई जवाफ दिँदै सिइडिएडब्ल्युका प्रतिनिधिले लैङ्गिक समानता सुनिश्चित गर्न, तिब्बती महिलाको अवस्थामा सुधार ल्याउन, महिला अधिकार सुदृढ तुल्याउन तथा उनीहरूलाई थप अधिकार दिने प्रयास भइरहेको बताएका थिए ।

प्रकाशित मिति : २ जेठ २०८०, मंगलबार  २ : ४९ बजे

फ्लेभर्स अफ थाइल्याण्ड : थाई परिकार अब काठमाडौं मेरियट होटेलमा

काठमाडौं– काठमाडौं मेरियट होटेलले थाई परिकारको स्वाद अब राजधानी काठमाडौँमै अनुभव

अमेरिका-इरान सम्झौता घोषणपछि लेबनानका विस्थापितहरूको स्वदेश फिर्ती सुरु

एजेन्सी– अमेरिका र इरान बीच भएको सम्झौताको घोषणा पछि लेबनानबाट

इसेवा र आइएमएसको ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ सार्वजनिक

काठमाडौं– इसेवा र आइएमएसले ग्राहकका लागि ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ अर्थात इन्टरप्राइज

व्यास नगरपालिकामा फोहर बिक्रीबाट २४ लाख आम्दानी

दमौली– यहाँको सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी आम्दानी

कर्णालीमा आगामी आवमा १२२ पुल निर्माण हुने

काँक्रेविहार– कर्णाली प्रदेशमा आगामी आर्थिक वर्ष २०८३-८४ मा भौतिक पूर्वाधार