जासुसी गरेको आरोपमा चीनद्वारा अमेरिकी नागरिकलाई आजीवन कारावासको सजाय « Khabarhub

जासुसी गरेको आरोपमा चीनद्वारा अमेरिकी नागरिकलाई आजीवन कारावासको सजाय


२ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनले जासुसी गरेको आरोपमा ७८ वर्षीय एक अमेरिकी नागरिकलाई आजीवन कारावासको सजाय सुनाएको छ ।

अमेरिकी पासपोर्ट धारक जोन शिङ्ग–वान लेउङ्गलाई जेल सजाय तोकिएपछि बेइजिङ र वासिङ्टनबीचको सम्बन्धलाई थप तनाव उत्पन्न हुने सम्भावना बढेको छ ।

चीनको पूर्वी सहर सुझोउस्थित एउटा अदालतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हङकङका स्थायी बासिन्दा लेउङलाई जासुसी गरेको अभियोगमा दोषी ठहर गरिएको छ । उनलाई आजीवन कारावासको सजाय सुनाइएको छ । यसबाहेक उनलाई आजीवन राजनीतिक अधिकारबाट पनि बञ्चित गरिएको बताइएको छ ।

सन् २०२१ को अप्रिलमा सुझोउका अधिकारीहरूले ७८ वर्षीय लेउङविरुद्ध “कानुनी कदम चालेका’’ विज्ञप्तिमा जनाइएको छ ।

पक्राउ पर्दा लेउङ कहाँ बस्दै आएका थिए भन्ने स्पष्ट भइसकेको छैन ।

बेइजिङस्थित अमेरिकी दूतावासका प्रवक्ताले सुझोउमा हालै एक अमेरिकी नागरिकलाई दोषी ठहर गर्दै सजाय सुनाइएको खबरबारे आफूहरू जानकार रहेको बताए ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नियमित पत्रकार सम्मेलनमा यस विषयमा थप टिप्पणी गर्न अस्वीकार गरेका छन् ।

प्रकाशित मिति : २ जेठ २०८०, मंगलबार  ११ : ५४ बजे

सात घण्टा केरकारको भोलिपल्टै सचिव कृष्णहरि पुस्कर जगेडामा

काठमाडौं – उपराष्ट्रपतिको कार्यालयमा कार्यरत सचिव कृष्णहरि पुस्करलाई मन्त्रिपरिषद् तथा

६ सय बाँदर मारेको अभिव्यक्तिपछि सांसद धुर्वराज राईविरुद्ध प्रहरीमा जाहेरी

भोजपुर – प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका सांसद धुर्वराज

भारतसँग नेपालको समृद्धिको एजेण्डालाई प्राथमिकताका साथ उठाएको छुः सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री

होल्डिङ सेल्टरमा भेषराजको मृत्युको कारण : रोग कि व्यवस्थापनको कमजोरी ?

काठमाडौं– उपत्यकाका विभिन्न सुकुम्वासी बस्तीमा सरकारले डोजर चलाएपछि विस्थापित बनेका