खोटाङमा कोरोनाविरुद्धको बुस्टर डोज लगाउने तयारी « Khabarhub

खोटाङमा कोरोनाविरुद्धको बुस्टर डोज लगाउने तयारी


३ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

खोटाङ – यही जेठ ५ गतेदेखि खोटाङमा कोभिडविरुद्धको बुस्टर डोज खोप लगाइने भएको छ। कोभिड–१९ खोप समन्वय समितिको बैठकले कोभिडविरुद्धको कुनै पनि वा दुवै खोपको मात्रा लगाइ छ महिना म्याद नाघेकालाई बुस्टर डोज लगाउने निर्णय गरेको छ।

दुई नगरपालिका र आठ गाउँपालिकाका गरी दुई सय ५० खोप केन्द्रमार्फत जेठ ७ गतेसम्म १४ हजार तीन सय ४० जनालाई बुस्टर डोज लगाउने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए। यसअघि बुस्टर डोज खोप लगाउन छुटेका ५५ वर्षमाथिका सबै नागरिक, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, १२ वर्षमाथिका दीर्घरोगी र रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई लगाइने कार्यालयले जनाएको छ।

गत चैत २४ गतेबाट वैशाख १९ गतेसम्म जिल्लाका छ हजार जनालाई यही खोप बुस्टरका रूपमा दिइएको थियो। राष्ट्रिय जनगणना २०७८ अनुसार दुई लाख छ हजार तीन सय १२ जना जनसङ्ख्या रहेको खोटाङमा एक लाख सात हजार ४२ जनाले यसअघि नै पूर्ण खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ।

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण खोटाङमा १५ जनाको मृत्यु भएको थियो। दश स्थानीय तह रहेको जिल्लामा एक थान भेन्टिलेटर, सातवटा एम्बुलेन्स, दुई सय थान अक्सिजन सिलिन्डर र ३७ थान अक्सिजन कन्सन्ट्रेटर तयारी अवस्थामै रहेको प्रमुख सिग्देलले सुनाए।

महामारीको समयमा जिल्लामा स्थापना गरिएका अधिकांश कोभिड अस्पताल भने बन्द भएका छन्। हलेसी तुवाचुङ नगरपालिका तथा रावाबेँसी र साकेला गाउँपालिकामा यसअघि स्थापना गरिएको कोभिड अस्पताललाई सामान्य (अन्य अस्पताल सरह) परिवर्तन गरेर नियमित बिरामी उपचार गर्नेगरी सञ्चालन गरिएको छ।

प्रकाशित मिति : ३ जेठ २०८०, बुधबार  ९ : ०० बजे

अनैतिक गतिविधिमा संलग्न २४ जना प्रहरीको नियन्त्रणमा

कैलाली– धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको

भेनेजुएलामा दुई शक्तिशाली भूकम्प, ठूलो मानवीय क्षति भएको आशंका

काठमाडौँ– भेनेजुएलामा दुई शक्तिशाली भूकम्प गएको छ । भेनेजुएलाको क्यारेबियन

रास्वपा महाधिवेशन : ९९ केन्द्रीय सदस्यका लागि मतदान जारी

चितवन– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत

हिमाली र पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना, तराईमा तातो दिन

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय