आईपीएल : पञ्जाबलाई १५ रनले हराउँदै दिल्ली विजयी « Khabarhub

आईपीएल : पञ्जाबलाई १५ रनले हराउँदै दिल्ली विजयी


४ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


669
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार राति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ। टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दिल्ली क्यापिटल्सले पञ्चाज किङ्सलाई १५ रनले हराएको हो।

धर्मशालामा राति भएको खेलमा दिल्लीले दिएको २ सय १४ रनको लक्ष्य पन्जावले भेट्टाउन सकेन। पन्जाव निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ९८ रनमा समेटियो।

त्यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले दुई विकेटको क्षतिमा २ सय १३ रन बनाएको थियो। दिल्लीका लागि रिली रोसोउले सर्वाधिक ८२ रन बनाए। ३७ बल खेलेका उनले ६ वटा चौका र ६ वटै छक्का प्रहार गरेका थिए। त्यसैगरी ५४ रनको अर्धशतकीय इनिङ खेलेका पृथ्वी शाले सात चौका र एक छक्का प्रहार गरे।

आईपीएलमा आज सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैङ्लोर राति पौने ८ बजे हैदरावादमा खेल्नेछन्।

प्रकाशित मिति : ४ जेठ २०८०, बिहीबार  ५ : ५३ बजे

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय