पञ्चशीलका आधारमा परराष्ट्र नीति : प्रधानमन्त्री  « Khabarhub

पञ्चशीलका आधारमा परराष्ट्र नीति : प्रधानमन्त्री 


४ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको परराष्ट्र नीति पञ्चशीलका आधारमा नै हुने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफमा उनले राष्ट्रको हितलाई ध्यानमा राखेर नेपालको परराष्ट्र नीतिलाई निरन्तरता दिइने उल्लेख गरे । 

यसैबीच सांसद रामहरि खतिवडाले भूकम्पपछिको पुननिर्माण र पछिल्लो आर्थिक अवस्थाका बारेमा गरेको प्रश्नमा प्रधानमन्त्री दाहालले अहिले विप्रेषण र विदेशी मुद्रा सञ्चितिमा उल्लेख सुधार भएको जानकारी गराए ।

साथै, उनले सार्वजनिक सेवा प्रवाहले राज्य र सरकारप्रति जनताको भरोसा बढ्दै गएको उल्लेख गर्दै सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिएको स्पष्ट पारे । यसमा परिणाम देखिने गरी काम गर्ने उनको प्रतिबद्धता थियो ।

प्रधानमन्त्री दाहालले भूकम्पपीडितका लागि बाँकी रहेको किस्ता रकम निर्धारित समयभित्रै वितरण गरिने जानकारी गराए। सो अवसरमा उनले मुलुकमा गणतन्त्रको स्थापनापछि शिक्षा, स्वास्थ्य, साक्षरता, आर्थिक विकास, कृषिलगायत क्षेत्रमा भएका प्रगतिबारे तथ्याङक प्रस्तुत  गरेका थिए । 

प्रकाशित मिति : ४ जेठ २०८०, बिहीबार  ३ : १४ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी