एएसबीसी एसियाली यु-२२ बक्सिङ च्याम्पियनसिपका पदक विजेता खेलाडी सम्मानित « Khabarhub

एएसबीसी एसियाली यु-२२ बक्सिङ च्याम्पियनसिपका पदक विजेता खेलाडी सम्मानित


४ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशले एएसबीसी एसियाली यु-२२ बक्सिङ च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको छ । 

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले खेलाडीहरुलाई सम्मान गरेका हुन् । जनवरी १८ देखि २६ तारिखसम्म थाइल्यान्डको बैंककमा भएको प्रतियोगिताको महिला ४८ केजीमा सुष्मा तामाङले रजत तथा ५७ केजीमा हेमा राई र ७५ केजीमा त्रिशा जबेगुले कांस्य जितेका थिए । पुरुष ८६ केजीमा विजय बाटाले कांस्य हात पारेको थिए ।

सुष्माले २० हजार नगद पुरस्कार पाइन् । बाँकी कांस्य विजेताले जनही १० हजार नगद पुरस्कार पाए । त्यस्तै प्रतियोगिताका प्रशिक्षकद्वय दीपक महर्जन र सन्दिप श्रेष्ठ समान ५-५ हजार नगदसहित सम्मानित भए भने व्यवस्थापक ओमनारायण श्रेष्ठलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा खेलकुद मन्त्री लिम्बूले खेलकुदलाई माथि उठाउन सक्दो र इमानदार प्रयास गर्ने बताए । 

कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा योगदान पुर्‍याएबापत प्रशिक्षक राजकृष्ण महर्जन र नवीन तण्डुकार पनि सम्मानित भएका थिए ।

प्रकाशित मिति : ४ जेठ २०८०, बिहीबार  ४ : ५३ बजे

शिक्षामन्त्री पोखरेलद्वारा बोर्डको नतिजा प्रक्रियाको बचाउ

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रियाको

भीरबाट खसेको ढुङ्गा लागेर युवकको मृत्यु

मान्म– कर्णाली करिडोरअन्तर्गत सान्नीत्रिवेणी गाउँपालिका–१ शान्तिघाट–आम्तडा सडकमा भीरबाट खसेको ढुङ्गा

तरकारी उत्पादनमा दोब्बरले वृद्धि

मलेखु (धादिङ)- आधुनिक कृषि प्रविधिको बढ्दो प्रयोग र प्राविधिक ज्ञानको

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यको चुनावमै भाँडभैलो, भोटिङ मेशिनमा गडबडी गरेको आरोप

काठमाडौं- चितवनमा पाँच दिनदेखि जारी राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा

मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश

काठमाडौं- सशस्त्र प्रहरी बलले मनसुनजन्य विपद् प्रतिकार्यका लागि देशका विभन्न