डाकाको समूहको आक्रमणमा परी चाडमा १८ जनाको मृत्यु | Khabarhub Khabarhub

डाकाको समूहको आक्रमणमा परी चाडमा १८ जनाको मृत्यु


४ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

जामेना- सशस्त्र डाकाहरुको समूहले चाडको एउटा गाउँमा आक्रमण गर्दा १८ जनाको मृत्यु भएको छ । दक्षिणपश्चिम चाडको लोगोन ओरिएन्टल क्षेत्रको एउटा गाउँमा डाकाहरुको समूहले आक्रमण गर्दा मृत्यु हुनेमा १२ जना गाउँले र छ जना डाकुको मृत्यु भएको जनाइएको छ ।

स्थानीय अधिकारी र सञ्चारमाध्यमले जनाएअनुसार लारामनायेमा रहेको मकाते गाउँमा आक्रमण भएको हो । अधिकारीले जनाएअनुसार मृतकमध्ये नौ जनाको पहिचान भइसकेको छ ।

सुरक्षाकर्मीले आक्रमणमा संलग्न आठ जनालाई पक्रन सफल भएको बताइएको छ । यता स्थानीय सञ्चारमाध्यमले आक्रमणकारी चाडियन नभएको बताएका छन् । ओरिएन्टल क्षेत्र क्यामरून र मध्य अफ्रिकी गणतन्त्र सीमानामा रहेको छ ।

प्रकाशित मिति : ४ जेठ २०८०, बिहीबार  ६ : २० बजे

‘डेडिकेटेड’ र ‘ट्रंकलाइन’ महसुल नबुझाएका १८ कम्पनीको बिजुली काटियो

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले ‘डेडिकेटेड’ र ट्रंकलाइन प्रयोग गरेर त्यसबापतको

पौवादुङमाको तिवारीभञ्याङ–च्याङ्ग्रे सडक कालोपत्र

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाको गौरवको आयोजना अन्तरगत तिवारीभञ्याङ–अधेँरीघाट पञ्चकन्या कृषि

काँकडभिट्टाबाट चार अर्ब ४८ करोडको पेट्रोलियम पदार्थ आयात

भद्रपुर – चालु आर्थिक वर्ष २०८२-०८३ को पहिलो त्रैमासिकमा पूर्वी

फेसबुकेसँग सल्लाह लिएर औषधि किन्छन् बिरामी, जथाभावी एन्टिबायोटिक प्रयोगले गम्भीर असर

विराटनगर– विराटनगरकी सरिता कार्कीले केही दिनअघि आठ वर्षीय छोरालाई सामान्य

नागरिकताको अभिलेखलाई ‘डिजिटलाइजेसन’

नवलपुर– चालु आर्थिक वर्ष २०८२-०८३ को पहिलो तीन महिनामा नवलपरासी