कांग्रेसले बालकृष्ण खाणको संरक्षण गर्नुहुँदैन : प्रदीप ज्ञवाली | Khabarhub Khabarhub

कांग्रेसले बालकृष्ण खाणको संरक्षण गर्नुहुँदैन : प्रदीप ज्ञवाली


४ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कास्की – नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नक्कली भुटानी शरणार्थी प्रकरण छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रेस चौतारी कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा उपमहासचिव ज्ञवालीले भने, “शरणार्थी काण्डको छानबिन गर्न सजिलो होस् भनेर एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्वन गरेका छौँ, कांग्रेसले पनि पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई संरक्षण गरेर राख्नु हुँदैन, छानबिनका लागि प्रहरीलाई सजिलो बनाइदिनुपर्छ ।”

नक्कली भुटानी शरणार्थी प्रकरणले नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई नै गम्भीर असर पारेको बताउँदै उनले ठूला राजनीतिक दल एकै ठाउँमा उभिएर लोकतन्त्रको रक्षा गर्न आवश्यक रहेको औँल्याए । “देशमा राजनीतिक सङ्कट उत्पन्न भएको अवस्थामा लोकतान्त्रिक पार्टी एक हुनुको विकल्प छैन”, उनले भने, “पछिल्लो समय देशको पूर्वी कोशी प्रदेशको नामकरणमा जातीय गन्ध आइरहेको छ ।”

नक्कली भुटानी शरणार्थी, वाइडबडी, एनसेललगायत काण्डको छानबिन गरी दोषीमाथि कडा कारबाहीको मागसमेत उनले भने । पछिल्लो समय देशको अर्थतन्त्र अत्यन्त कमजोर अवस्थामा पुगेको र देशको अर्थतन्त्र बिग्रनुमा भूकम्प, नाकाबन्दी, कोरोना र फान्स र युक्रेन युद्ध पनि रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : ४ जेठ २०८०, बिहीबार  ९ : २० बजे

इरानबाट २९२ नागरिक लिएर भारतीय विमान दिल्लीमा अवतरण 

नयाँ दिल्ली– इरानबाट २९२ भारतीय नागरिक लिएर एक विमान मङ्गलबार

प्रि ओपन सेसन : नेप्सेमा करिब ३ अंकको वृद्धि

काठमाडौं– साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेपाल

विदेशमा सीप सिकेर स्वदेशमा उद्यमी

भोजपुर– भोजपुरका युवाहरूमा पछिल्लो समय सीप सिकेर स्वरोजगार बन्ने लहर

देशभरका ७५३ स्थानीय तहले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै

काठमाडौं– देशभरका ७५३ स्थानीय तहले मङ्गलबार आगामी आर्थिक वर्ष २०८२–०८३

यू-१६ टिमका शुभम खनालले लिए पाँच विकेट : जापान नेपालसँग ८० रनमा समेटियो

काठमाडौं – १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट