स्थानीय तहका एम्बुलेन्सबाट बिरामीलाई राहत « Khabarhub

स्थानीय तहका एम्बुलेन्सबाट बिरामीलाई राहत


४ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्लाका स्थानीय तहले एम्बुलेन्स सञ्चालनमा ल्याएपछि बिरामीलाई राहत मिलेको छ । सदरमुकाम खलङ्गाबाट टाढा मानिने सिञ्जाका तीन स्थानीय तह हिमा, कनका सुन्दरी र सिञ्जा गाउँपालिकाले एम्बुलेन्सन सञ्चालनमा ल्याएपछि यहाँका बिरामीलाई राहत मिलेको हो ।

एम्बुलेन्स सञ्चालनमा आएसँगै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामी पु¥याउन सजह भएको सिञ्जा गाउँपालिका स्वास्थ्य शाखाका प्रमख ललित रोकायाले बताए । गाउँपालिकाले बिरामी बोक्न एम्बुलेन्सको व्यवस्था गरेको छ ।

गाउँपालिकाभित्रका सेवाग्राहीका लागि अस्पतालसम्म ल्याउन निःशुल्क सेवा प्रदान गरिएको छ । पालिकाभित्रका ज्येष्ठ नागरिक, गर्भवती महिला, सुत्केरी महिला र कुपोषण बच्चालाई प्राथमिकतामा राखेर कर्णाली स्वास्थ्य विज्ञानसम्म लिन रातदिन सेवा दिएको स्वास्थ्य शाखाका प्रमुख रोकायाको भनाइ छ । अहिलेसम्म ज्येष्ठ नागरिकले ३०, सुत्केरी महिला १०, कुपोषण बालकालिका चार जनालाई निःशुल्क एम्बुलेन्स सेवा लिएको सिञ्जा गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

एम्बुलेन्स आउनु अगाडि बिरामीलाई गाडी रिजर्भ गरेर उद्धार गर्ने गरिएकामा अब पालिकाको आफ्नै एम्बुलेन्सबाट बिरामीको उद्धार गर्न सहज भएको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिए । पालिकाको आफ्नै लगानीमा एम्बुलेन्स खरिद गरिएको हो । पालिकाभित्रका ज्येष्ठ नागरिक, सुत्केरीलाई विशेष सेवा दिएको तिला गाउँपालिका उपाध्यक्ष बुढाको भनाइ छ । जिल्लाको तातोपानी, पातारासी गाउँपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।

प्रकाशित मिति : ४ जेठ २०८०, बिहीबार  १० : ०० बजे

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति