‘केही’ अरब नेताले रुसी आक्रमणलाई आँखा चिम्ले : युक्रेनी राष्ट्रपति « Khabarhub

‘केही’ अरब नेताले रुसी आक्रमणलाई आँखा चिम्ले : युक्रेनी राष्ट्रपति


५ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

जेद्दा- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले साउदी अरबमा शुक्रबार आयोजित अरब लिगको शिखर सम्मेलनलाई सम्बोधन गर्दै केही अरब नेताहरूले आफ्नो देशमा रूसले गरेको आक्रमणको भयावह अवस्थालाई बेवास्ता गरेको आरोप लगाएका छन् ।

“दुर्भाग्यवश, संसारमा र यहाँ केहीले रुसी जेलको पिंजडा र अवैध कब्जालाई आँखा चिम्लेका छन्,” जेलेन्स्कीले शिखर सम्मेलनमा उपस्थित नेताहरूसँग भने । उनले उनीहरूलाई युद्धलाई ‘इमानदारीपूर्वक हेर्न’ आग्रह गरे ।

सन् २०२२ को फेब्रुअरीमा रूसले युक्रेनमाथि आक्रमण गरेपछि जेलेन्स्कीले रेड सीको तटीय शहर जेद्दाको शिखर सम्मेलनमा अपर्झट सहभागी भएका हुन् ।

अरब लिगका एक अधिकारीले एएफपीलाई बताएअनुसार उनलाई निमन्त्रणा साउदी अरबबाट गएको हो । साउदी अधिकारीहरूले टिप्पणीको लागि गरिएको अनुरोधलाई कुनै जवाफ दिएनन् ।

यो शिखर सम्मेलनले सिरियाली राष्ट्रपति बशर अल असदको अरब लीगको पुनरागमनलाई पनि सङ्केत गर्दछ ।

जेलेन्स्कीले युक्रेनको युद्धले सन् २०१४ मा रुसले कब्जा गरेको क्रिमियाली प्रायद्वीपका मुसलमानहरूलाई कसरी प्रभावित पारेको छ भन्नेबारे प्रकाश पारेका थिए ।

उनले भने, “क्रिमिया रूसी कब्जामा परेको पहिलो राज्य थियो र अहिलेसम्म कब्जा गरिएको क्रिमियामा दमनको सिकार भएकामध्ये अधिकांश मुसलमान छन् ।”

जेलेन्स्कीले युक्रेनको ‘क्षेत्रीय अखण्डता’ लाई समर्थन गरेकोमा साउदी युवराज मोहम्मद बिन सलमानलाई धन्यवाद दिँदै ‘रुसी जेलको पिंजडाबाट जनतालाई बचाउन’ एकताबद्ध हुन आह्वान गरे ।

जेलेन्स्की पोल्याण्डबाट आएको फ्रान्सेली सरकारी विमानबाट साउदी अरब उडेको साउदी अरबका लागि फ्रान्सेली राजदूतले ट्वीटरमा जानकारी दिएका छन् ।

प्रकाशित मिति : ५ जेठ २०८०, शुक्रबार  ७ : १३ बजे

आज विश्व क्यान्सरविरुद्धको दिवस मनाइँदै

काठमाडौं– विश्व क्यान्सर (अर्बुद) विरुद्धको दिवस आज नेपालमा पनि विभिन्न

सवारी दुर्घटनामा एक युवकको मृत्यु, तीन जना घाइते

सर्लाही– पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुरमा सवारी दुर्घटना हुँदा एक युवकको

एपोलो हाइड्रोपावरलाई साधारण शेयर बिक्रीका लागि अनुमति

काठमाडौं– नेपाल धितोपत्र बोर्डले एपोलो हाइड्रोपावर कम्पनी लिमिटेडलाई साधारण शेयर

मुस्ताङमा ३९ मतदान केन्द्र कायम, चुनावमा हिमपातको डर

मुस्ताङ– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङमा

आज अन्तर्राष्ट्रिय मानव भ्रातृत्व दिवस मनाइँदै

काठमाडौं– संवाद र सहअस्तित्वप्रति प्रतिबद्धताका साथ आज विश्वका विभिन्न मुलुकमा