सरकारले नयाँ मुलुकसँग हवाई सेवा सम्झौता गर्ने  | Khabarhub Khabarhub

सरकारले नयाँ मुलुकसँग हवाई सेवा सम्झौता गर्ने 


५ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले नयाँ मुलुकसँग हवाई सेवा सम्झौता गर्ने योजना बनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रममा नयाँ मुलुकसँग हवाई सम्झौता गर्ने घोषणा गरिएको हो ।

राष्ट्रपति पौडेलले मुलुकमा निर्माण सम्पन्न भएका अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णक्षमतामा उपयोग गर्न नयाँ मुलुकसँग हवाइ सम्झौता गरिने बताए । नेपालले हालसम्म विभिन्न ४० मुलुकसँग हवाई सेवा सम्झौता गरेको छ । पछिल्लो पटक अष्ट्रेलियासँग हवाई सेवा सम्झौता भएको थियो । राष्ट्रपति पौडेलले नयाँ मुलुकसँग हवाई सम्झौता गरी नेपाली वायुसेवा कम्पनीको अन्तर्राष्ट्रिय बजार विस्तार गरिने बताए ।

एक वर्षअघि सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पाँच महिनादेखि सञ्चालनमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले राम्रो विजनेश पाउन सकेका छैनन् । गौतमबुद्ध विमानस्थलमा आगामी जेठ २९ देखि नेपाल वायुसेवा निगम(नेपाल एयरलाइन्स)ले मलेसिया–भैरहवा–काठमाडौँ नियमित उडान गर्दैछ । कुवेतको जजीरा एयरले एकवर्षदेखि यो विमानस्थलमा उडान गरिरहे पनि विभिन्न समस्या देखाउँदै उडान स्थगन गर्दै आएको छ । पछिल्लो पटक एक महिनादेखि जजीराले उडान स्थगित गरेको छ ।

यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल विसं २०७९ पुस १७ गते उद्घाटन भएको थियो । यो विमानस्थलबाट अहिलेसम्म अन्तर्राष्ट्रिय उडान हुनसकेको छैन । पोखरा विमानस्थलबाट छिट्टै चीनका विभिन्न शहरमा चार्टर्ड उडान हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

निर्माण सम्पन्न भएका विमानस्थललाई पूर्णक्षमतामा सञ्चालनमा ल्याइने, निजगढ विमानस्थलको निर्माण प्रक्रिया अघि बढाउने सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ५ जेठ २०८०, शुक्रबार  ७ : ११ बजे

असारे विकास : केहीबेरको पानीले महानगरकै बाटो बन्यो खोलो (तस्बिरहरू)

काठमाडौं– कुनै ग्रामीण क्षेत्र होइन यो । काठमाडौं महानगरपालिकामा पर्ने

ओलम्पियन दीपक बिष्ट कृष्णपुरका सद्भावना दूत

महेन्द्रनगर– कञ्चनपुरको कृष्णपुर नगरपालिकाले ओलम्पियन दीपक बिष्टलाई सद्भावना दूत घोषणा

भीमदत्त नगरपालिकाको बजेटमा ‘छोरी बुहारी उच्च शिक्षा अध्ययन छात्रवृत्ति’ कार्यक्रम

 महेन्द्रनगर– कञ्चनपुरको जेठो नगरपालिका भीमदत्तले आगामी आर्थिक वर्ष २०८२-०८३ का

विदेशबाट फर्केका युवाले सिकेको सीप प्रयोग गर्नेगरी कृषिमा आकर्षित गर्न आवश्यक : राष्ट्रपति पौडेल 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले वैदेशिक रोजगारीका लागि बाहिरिने युवा शक्तिलाई

रोपाइँका लागि कमला नहरमा पानी प्रवाह

सिरहा – धान रोपाइँलाई मध्यनजर गर्दै धनुषा र सिरहामा पर्ने