कृषि उत्पादन वृद्धि प्रदेशको प्राथमिकता : मुख्यमन्त्री पाण्डे | Khabarhub Khabarhub

कृषि उत्पादन वृद्धि प्रदेशको प्राथमिकता : मुख्यमन्त्री पाण्डे


६ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बलेवा -गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कृषि उत्पादनको वृद्धिलाई प्रदेश सरकारले प्राथमिकतामा राख्ने बताएका छन्। बागलुङ नगरपालिकाले आयोजना गरेको ‘हाम्रा ३६५ दिन, सम्मान तथा चियापान’ कार्यक्रमलाई सम्बोधन गर्दै आज बागलुङमा उहाँले प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सामूहिक खेतीलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याइने बताए।

“अहिले भर्खरै हामिले उद्योग चलाउँछौँ, रोजगारी सिर्जना गर्छौं भनेर सम्भव छैन्, हाम्रो जमिनको उपयोग र कृषिको उत्पादनबाट हामीले समृद्धिको सुरुआत गर्नुपर्ने छ”, उनले भने, “हामीले स्पष्ट नीति नबाएर सहकारी वा समूहमार्फत सामूहिक खेती प्रणालीको सुरुआत गर्छौं, सामूहिक रुपमा व्यावसायिक खेती गर्नेलाई प्रोत्साहन गर्ने कार्यक्रम आगामी वर्ष नै ‘पाइलट प्रोजेक्ट’का रुपमा सुरुआत हुने उनले बताए।

स्थानीय तहहरुलाई पकेट क्षेत्र मानेर सोही अनुसारको उत्पादनमा जोड दिने नीतिको तयारीमा प्रदेश सरकार रहेको उनको भनाइ थियो। उनले प्रदेश सरकार टुक्रे योजना र बजेटलाई नियन्त्रण गर्ने तयारीमा रहेको बताए। “अब प्रदेशले कनिका छरेझैँ बजेट बाँड्दैन्, स–साना काम गरेनन् भनेर प्रदेशका माननीयलाई गाली नगर्नूहोला”, उनले भने, “हामीले स्थानीय तहले नसकेका योजनामा लगानी गर्छौं, जसले दीर्घकालीन महत्व राखून्।” स–साना टुक्रे काम गर्ने जिम्मेवारी स्थानीय तहको भएको उनको धारणा थियो।

मुख्यमन्त्री पाण्डेले अराजकताको बलमा उदाएका शक्तिहरुले लोकतन्त्र र गणतन्त्रलाई सङ्कटमा धकेलेको आरोपसमेत लगाए। “जनप्रतिनिधि होस् वा पार्टीको नेतृत्व एक वर्षमा काम गर्‍यो गरेन भनेर मूल्याङ्कन गर्ने होइन, एक वर्षमा त कामको सुरुआत गर्ने दिशा समात्यो कि समातेन भनेर हेर्ने हो”, उनले भने। उनले बागलुङका प्रदेशसभा सदस्य, प्रतिनिधिसभा सदस्य, पूर्वजनप्रतिनिधि तथा विभिन्न सामाजिक क्षेत्रका ६० जनाभन्दा धेरैलाई सम्मान गरेका थिए।

प्रकाशित मिति : ६ जेठ २०८०, शनिबार  १२ : ११ बजे

उपेन्द्रको दाबी- कांग्रेस र एमाले छुट्टिन लागे, सरकारको समर्थन फिर्ता लिँदैछौँ

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा

प्रधानमन्त्रीले भने- अहिलेको व्यवस्थाप्रतिको अपमान सहन सकिँदैन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको बलिदान र विद्यमान व्यवस्थाप्रतिको

‘टेक एण्ड पे’ बाट हटेपछि प्रधानमन्त्री र अर्थमन्त्रीले के भने ?

काठमाडौँ – आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा नदी

डिजिटल नेपाल फ्रेमवर्क परिमार्जन गरी कार्यान्वयन गर्छौँ : सञ्चारमन्त्री

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल नेपाल फ्रेमवर्क

पोखरा, भरतपुर र वीरगञ्ज महानगरको बजेट प्राथमिकतामा के परे ?

काठमाडौं– स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट प्रत्येक वर्षको असार