ऐतिहासिक स्थलको संरक्षण आवश्यक : महासचिव पोखरेल | Khabarhub Khabarhub

ऐतिहासिक स्थलको संरक्षण आवश्यक : महासचिव पोखरेल


६ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

देउखुरी– नेकपा (एमाले) का महासचिव एवम् लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलले ऐतिहासिक स्थलको संरक्षण गर्नुपर्ने बताएका छन् । 

दाङको तुलसीपुर-१९ स्थित ऐतिहासिक एवम् धार्मिक पर्यटकीय स्थल छिल्लीकोट कालिका मन्दिर संरक्षण समितिले आयोजना गरेको कार्यक्रममा उनले विगतमा जथाभावीरुपमा उत्खनन् गर्दा ऐतिहासिक तथ्य नष्ट  भएको बताए। ‘यहाँ रहेका ऐतिहासिक हातहतियारको संरक्षण गर्न सरकारले विशेष ध्यानदिनुपर्छ’, महासचिव पोखरेलले भने । 

आफू मुख्यमन्त्री भएको समयमा ऐतिहासिक स्थलको संरक्षण गर्ने कार्यक्रम ल्याएको उनको भनाइ छ । सरकारको नीति तथा कार्यक्रममा पर्यटकीय क्षेत्रलाई यथेष्टरुपमा समेटिनुपर्नेमा महासचिव पोखरेलले जोड दिए ।   

नगरप्रमुख टीकाराम खड्काले छिल्लीकोटको विकासका लागि साहसिक खेल जिपलाइन निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिए । छिल्लीकोटसम्म पुग्न बिजौरी  स्यालापानी हुँदै सडक कालोपत्र गरिँदै छ । 

स्यालापानीबाट केबुलकारका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) समेत तयार गरिएको छ । 

प्रकाशित मिति : ६ जेठ २०८०, शनिबार  २ : ४३ बजे

साइबेरियाबाट चरा चर्न आउने गुँदेतालमा असारे रोपाइँ महोत्सव हुने

पोखरा– पोखरा पर्यटन परिषद्को आयोजनामा २०६१ साल यता गरिँदै आइएको

मुलुकको अर्थतन्त्र लयमा फर्कँदै छ : एमाले महासचिव पोखरेल

काठमाडौं– नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले तहसनहस भएको मुलुकको अर्थतन्त्र विस्तारै

भारतले इरानबाट उद्धार गरिदिएका दुई नेपाली नयाँदिल्ली आइपुगे

काठमाडौं- भारतको सहयोगमा युद्धग्रस्त इरानबाट उद्धार गरिएका दुईजना नेपाली नयाँदिल्ली

गण्डकी प्रदेशसभा सदस्य पौडेलको अभिव्यक्तिप्रति थापाको आपत्ति, विभेदकारी भनाइ हटाउन माग

पोखरा– गण्डकी प्रदेशसभाको चालु अधिवेशनमा आर्थिक वर्ष २०८२/२०८३ को मन्त्रालयगत छलफलका