आईपीएल : रोचक खेलमा कोलकोत्ताविरुद्ध लखनउ एक रनले विजयी « Khabarhub

आईपीएल : रोचक खेलमा कोलकोत्ताविरुद्ध लखनउ एक रनले विजयी


७ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


663
Shares
  • change font
  • change font
  • change font

काठमाडौं, जेठ ७ गते । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जाइन्टले कोलकोत्ता नाइट राइडर्समाथि रोचक जित निकालेको छ ।

शनिबार राति भएको खेलमा लखनउले कोलकोतालाई १ रनले हराएको हो । टस हारेर पहिले ब्याटिङ गरेको लखनउले ८ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको थियो । १ सय ७७ रनको लक्ष्य पछ्याएको कोलकोत्ता निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७५ रनमा समेटिएको हो ।

शनिबार नै भएको पहिलो खेलमा चेन्नई सुुपर किङ्ससँग दिल्ली क्यापिटल्स ७७ रनले पराजित भएको थियो । यो जितसँगै चेन्नई र लखनउ आईपीएलको प्लेअफमा पुगेका छन् ।

आईपीएल अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावादको प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा राति रोयल च्यालेन्जर्स बैंग्लोरले गुजरात टाइटन्सको सामना गर्नेछ । गुजरातले प्लेअफमा स्थान बनाइसकेको छ भने बैंग्लोर र मुम्बई प्लेअफका लागि संघर्षरत छन् । सनराइजर्स हैदरावादको भने प्लेअफमा पुग्ने सम्भावना सकिएको छ ।

प्रकाशित मिति : ७ जेठ २०८०, आइतबार  ५ : ५७ बजे

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो

लामिन यामल चम्किएको खेलमा भ्यालेन्सियामाथि बार्सिलोना ५–० ले विजयी

काठमाडाैँ – स्पेनिस युवा स्टार लामिन यामालको उत्कृष्ट दुई गोलको

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा