काठमाडौँ– प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमेरशकुमार सिंहले उखु किसानका समस्याबारे सरकार गम्भीर नभएको आरोप लगाए ।
आइतबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद सिंहले उखु किसानले भुक्तानी नपाएको विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।
‘हामी उखुलाई नगदेबाली भन्छौँ, तर सरकारले त्यसलाई उधारो बाली बनाइदिएको छ । किसानले समयमा मल, बीउ र सिँचाइको सुविधा पाउन सकेका छैनन् । किसानले उत्पादनको गरेको उखुसमेत सरकारले उधारोमा राख्छ’, उनले भने –’अनुदान तत्काल पाउनुपर्छ ।’
प्रतिक्रिया