इचङ्गुका बारीमा तिहारलाई फूल (तस्बिरहरू) « Khabarhub

इचङ्गुका बारीमा तिहारलाई फूल (तस्बिरहरू)

बिक्री घट्दा किसान चिन्तित


३ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


576
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दशैंको बिदाइसँगै नेपालिहरू यतिखेर तिहार मनाउने प्रतीक्षामा छन् । तिहारलाई मुख्यतः फूल र बत्तीहरूको पर्वका रूपमा मनाउने गरिन्छ । आफ्ना दाजुभाइलाई दिदीबहिनीहरूले भाइटिकासँगै फूलको माला लगाइदिने चलन छ ।

तिहारका बेला खासगरी मखमली, सयपत्री र गोदावरी लगायत फूलहरूको कारोबार बढी हुने गर्छ । त्यसैले, तिहार नजिकिँदै गर्दा किसानहरू फूलबारीमा फूल टिप्न व्यस्त देखिन्छन् ।

काठमाडौं उपत्यका र वरपर फूलखेती गरिरहेका किसानलाई यतिखेर फूल टिप्ने र माला उनेर बजारमा लैजाने हतारो छ । नागार्जुन नगरपालिका–३, इचङ्गुका किसानहरू पनि तिहारका लागि फूल टिपेर बजार पठाउने व्यवस्तामा छन् ।

इचङ्गुका अधिकांश किसानले फूलखेती गर्दै आएका छन् । अघिल्ला वर्षभन्दा यसपालि फूलको कारोबार भने बढ्ने नदेखिएको किसानहरूको गुनासो छ । तिहार आउन जम्माजम्मी १० दिन बाँकी रहँदा यस वर्षको तिहारमा किसानहरूले फूलमालाको त्यति ठूलो बजार नदेखेका हुन् ।

अघिल्ला वर्षतिर दशैँलगत्तै दैनिक २०/२५ वटा फूलका मुठा बिक्री गर्ने गरेकी इचङ्गुकी पुष्पा कटुवालले हाल दैनिक ६/७ वटा मुठा फूलहरू पनि बिक्न मुस्किल परेको बताइन् ।

‘फूलको व्यापार विगतमा जस्तो छैन,’ पुष्पाले भनिन्, ‘एक दिनमा ६/७ मुठामात्रै बिक्री हुने गरेको छ । विगतमा मैले नै दैनिक २०/२५ मुठासम्म फूल बेचेकी थिएँ ।’ उनले एक मुठा फूललाई ५० रुपैयाँका दरले स्थानीय बजारमा बिक्री गर्ने गरेको बताइन् ।

इचङ्गुका अर्का फूल किसान इश्वरदत्त पाठकले पनि यसपालिको तिहारकेन्द्रित फूल कारोबार सन्तोषजनक नरहेको बताए । ‘फूलको कारोबार त्यति छैन,’ उनले भने, ‘हुन त तिहार आउन अझै समय छ, तर मानिसहरू विदेसिएर हो या अन्य कारणले; फूल व्यापार बढेकै छैन ।’

फूलले बजार नपाउँदा किसानलाई जीविकोपार्जनमै समस्या परिरहेको इश्वरले बताए । तर पनि बारीमा फूलेका फूल बजारमा पठाउन किसानहरू व्यस्त रहेका उनले जानकारी दिए ।

पुष्पा र इश्वरदत्तजस्तै इचङ्गुका अधिकांश किसानलाई यतिबेला फूल टिप्ने, माला बनाउने र फूलमाला बजार पठाउने चटारो छ । इचङ्गुमात्र होइन, ललितपुरको गोदावरी क्षेत्र लगायत फूलखेती गर्ने गरिएको काँठ क्षेत्रका किसानलाई पनि फूल टिप्न र बजार पठाउन भ्याइनभ्याइ छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  ५ : ४३ बजे

अख्तियार प्रमुखसहित उच्च पदस्थलाई मार्ने धम्की दिने पाठक पुगे कारागार

काठमाडौं- अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १०

ब्रिक्स बैठकमा इरान-यूएई भनाभन, सदस्य राष्ट्रले जारी गर्न सकेनन् साझा वक्तव्य

नयाँदिल्ली- ब्रिक्स देशहरूको नयाँ दिल्लीमा भएको दुई दिने विदेश मन्त्रीहरूको

पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो

काठमाडौं – बहुप्रतीक्षित पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ हुँदा आयोजनाको लागत

काठमाडौंमा मेट्रोरेल सञ्चालन गर्न प्रभावकारी मोडालिटी तय गर्न महालेखाको सुझाव

काठमाडौं – महालेखा परीक्षकको कार्यालयले काठमाडौं उपत्यकामा मेट्रोरेल सञ्चालनका लागि

सहकारी ठगीमा रास्वपाका अर्का नेता पनि जोडिए, रेग्मीसहित २६ जनाविरुद्ध पक्राउ पुर्जी

पोखरा- पोखरास्थित मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको रकम