सांसद शाहीले बोलेका शब्द रेकर्डबाट हटाइयो « Khabarhub

सांसद शाहीले बोलेका शब्द रेकर्डबाट हटाइयो


७ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका सांसद दयालबहादुर शाहीले बोलेको शब्द संसद्को रेकर्डबाट हटाइएको छ ।

आइतबारको प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा उनले बोलेका शब्द संसदीय मर्यादा प्रतिकूल भएको भन्दै सभामुखको आसनमा बसेकी उपसभामुख इन्दिरा रानामगरले रेकर्डबाट हटाउन निर्देशन दिएकी थिइन् ।

एमाले सांसद शाहीले संसद्मा कांग्रेस महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री बद्रि पाण्डेको नामै लिएर टिप्पणी गरेका थिए ।

बूढा महामन्त्रीहरू पद खाँदाखाँदा बुद्धि धमिल्लिनु स्वाभाविकै भएको तर तेज करार महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री बद्रि पाण्डेको नाम लिएर उनले सत्ता स्वार्थको निम्ति बीपीको सिद्धान्त छोड्न अलिकता पनि संकोच लागेन रु भन्दै प्रश्न गरेका थिए । उनले ७ वटा मन्त्रीको निम्ति कांग्रेसले गहतको झोलमा जात फालेको आरोपसमेत लगाएका थिए ।

त्यसपछि कांग्रेस सांसद ईश्वरी न्यौपानेले नियमापत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गरेकोमा उक्त अभिव्यक्ति हटाइएको हो ।

प्रकाशित मिति : ७ जेठ २०८०, आइतबार  ७ : ५० बजे

बालेन र रविको वार्ता चल्दै गर्दा कुमार बेनको घरमा सुधन पनि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सर्लाही– यहाँको बलरा नगरपालिका–१० सुदमामा मोटरसाइकल दुर्घटना हुँदा रामनगर गाउँपालिकाका

ओलीको कटाक्ष : देशका चर्चित भनिएका मानिसहरू नसामा भेटिन्छन्

काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशका चर्चित भनिएका

जेन-जी आन्दोलनकामा आगजनी गरिएको कांग्रेस कार्यालय पुनः निर्माण गरिँदै (तस्बिरहरू) 

काठमाडौं– भाद्र २४ गते जेन-जी आन्दोलनका क्रममा आगजनी गरिएको ललितपुरको सानेपास्थित

१७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती

एजेन्सी – सत्र वर्ष लामो निर्वासनपछि बङ्गलादेश नेसनालिस्ट पार्टी (बिएनपी) का