'विपद् न्यूनीकरणका लागि सेनाको भूमिका प्रशंसनीय' | Khabarhub Khabarhub

‘विपद् न्यूनीकरणका लागि सेनाको भूमिका प्रशंसनीय’


८ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दमौली– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद्का घटना न्यूनीकरण, खोज तथा उद्धारमा नेपाली सेनाको भूमिका उच्च प्रशंसनीय रहँदै आएको बताएका छन् । गण्डकी प्रदेश सरकार र नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटर तथा व्यास नगरपालिका–५ स्थित कालीभञ्जन गण (ई) को आयोजनामा आज व्यास नगरपालिका–१० मादी नदीमा आयोजित विपद् नमुना अभ्यास ‘अभ्यास गण्डक उद्धार–१’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले विपद्का घटनामा प्रतिकार्यका लागि सुरक्षाकर्मी, विभिन्न सरोकारवाला निकाय र स्थानीयवासीको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे । 

मुख्यमन्त्री पाण्डेले नेपाली सेनाको उच्च जनशक्ति, कुशल व्यवस्थापन, पूर्वतयारी, तैनाथी, स्रोत र साधन तत्काल परिचालनले विपद् न्यूनीकरणमा नेपाली सेना सशक्त रहँदै आएको इतिहासले पुष्टि नै गरेको छ भने । 

उनले भने, ‘विसं २०७२ को भूकम्प होस् वा विमान दुर्घटनामा नेपाली सेनाको प्रदर्शन उच्च र प्रशंसनीय रहेको छ । विपद् प्रतिकार्य कुनै व्यक्ति वा संस्थाले मात्र गरेर सम्भव छैन, यसका लागि सामूहिक प्रयास आवश्यक छ ।’ विपद् व्यवस्थापनमा प्रदेश सरकारले समन्वयात्मक र अभिभावकीय भूमिका निर्वाह गर्दै आएकाले यसमा प्राथमिकता दिएर बजेट विनियोजन गरिएको मन्त्री पाण्डेले उल्लेख गरेका छन् ।

नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरका पृतनापति एवं उपरथी दीपक बानियाँले नेपाली सेनाले प्राकृतिक घटनामा जनताको जिउधनको सुरक्षाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको चर्चा गरे । गण्डकी प्रदेशमा विगत तीन वर्षमा बाढीपहिरो, आगलागी र हिमपहिरोबाट दुई सय १८ जनाको मृत्यु भएकाले यस प्रदेश विपद् जोखिमको सूचीमा परेको उनले उल्लेख गरे । 

प्रतिकार्य योजना बमोजिम नेपाली सेनाले सबैसँगको समन्वयमा विपद्का घटनामा सहयोग पुर्‍याउँदै आएको बताउँदै उपरथी बानियाँले गत आर्थिक वर्षमा १८ वटा सचेतनामूलक अभ्यास सञ्चालन गरिएको जानकारी दिए । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले विपद्का घटना न्यूनीकरण सबैको सामूहिक प्रयासबाट सम्भव हुने बताए । 

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले तनहुँ जिल्ला विपद्को सूचीमा अग्रस्थानमा रहेकाले नमूना अभ्यासले पनि विपद् जोखिम न्यूनीकरणमा सहयोग मिल्नेमा जोड दिए । 

प्रकाशित मिति : ८ जेठ २०८०, सोमबार  १ : ०४ बजे

जापानमा डढेलो बस्तीमा पसेर ८० भन्दाबढी भवनमा क्षति

टोकियो – उत्तरी जापानमा लागेको डढेलोका कारण ८० भन्दा बढी

शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास आवश्यक : उपप्रधानमन्त्री सिंह

ललितपुर– उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले शिक्षाको गुणस्तर वृद्धि

साल्ट ट्रेडिङले १० प्रतिशत नगद लाभांश दिने 

काठमाडौं–साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले लाभांश दिने भएको छ । कम्पनीले

प्रचण्डले भने- हामीले गरेका सुधारकार्यको कार्यान्वयन सरकारले रोक्यो

देबानगन्ज– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी नेतृत्वको

सिरहाको नवराजपुरमा सर्पदंश उपचार केन्द्र स्थापना

सिरहा– सिरहाको नवराजपुर गाउँपालिकामा सर्पदंश उपचार केन्द्र स्थापना भएको छ