अमेरिकी राष्ट्रपति ट्रम्पमाथि लाग्यो जातिवादको आरोप « Khabarhub

अमेरिकी राष्ट्रपति ट्रम्पमाथि लाग्यो जातिवादको आरोप


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो अभिव्यक्तिका कारण पटक पटक विवादमा आउँछन् । अनि विभिन्न खाले आरोप पनि खेप्ने गरेका छन् । पछिल्लो पटक केही महिला सांसदप्रति लक्षित गर्दै ट्रम्पले गरेको आक्रामक ट्वीटका कारण उनी फेरी चर्चामा छन्। अमेरिकी राष्ट्रपति ट्रम्पमाथि रङ्गको आधारमा विभेद गरेको आरोप लागेको छ।

ट्रम्पको ट्वीट यस्तो छ :

ती महिलाहरू “पूर्ण रूपमा असफल राष्ट्रबाट अमेरिका आएको” भन्दै ट्रम्पले उनीहरूलाई तिनै स्थानमा फर्किन भनेका थिए। राष्ट्रपति ट्रम्पले ती सांसदलाई सभामुख न्यान्सी पेलोसीले निःशुल्क रूपमा यात्राको अवसर जुटाइदिने भन्दै कटाक्ष गरेका थिए।

प्रगतिशील धारका चार महिला सांसदसँग पेलोसीको मतभेद देखा परेको एक हप्तापछि ट्रम्पले सामाजिक सञ्जालबाट त्यस्तो प्रतिक्रिया व्यक्त गरेका हुन्।

ट्रम्पको भनाइको सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ। ती सांसदमध्ये एलेक्जान्ड्रिया ओकासियो कोर्टेज, राशिदा तलाइब र आयान्ना प्रेस्ले अमेरिकामै जन्मे हुर्केका हुन्। अर्की सांसद इल्हान ओमर भने बाल्यकालमा अमेरिका प्रवेश गरेकी थिइन्।

ट्वीटमा ट्रम्पले ती सांसदको नाम भने उल्लेख गरेका छैनन्। तर केही हप्तायता पेलोसी र उनीहरूबीच सीमासुरक्षासम्बन्धी एउटा विधेयकबारे विवाद उत्पन्न भएको थियो।

पेलोसीले ट्वीटबाटै ट्रम्पको धारणा भेदभावपूर्ण भएको टिप्पणी गरेकी छन्। उनले विविधता नै अमेरिकाको बल र एकता नै शक्ति रहेको भन्दै ट्रम्पको आलोचना गरेकी छन्।

संसद्‌मा मिशिगनको प्रतिनिधित्व गर्ने रासिदा तलाइबले ट्वीट गर्दै ट्रम्पमाथि महाअभियोग लगाइनुपर्ने माग राखेकी छन्।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  १० : २० बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको