अमेरिकी राष्ट्रपति ट्रम्पमाथि लाग्यो जातिवादको आरोप | Khabarhub Khabarhub

अमेरिकी राष्ट्रपति ट्रम्पमाथि लाग्यो जातिवादको आरोप


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो अभिव्यक्तिका कारण पटक पटक विवादमा आउँछन् । अनि विभिन्न खाले आरोप पनि खेप्ने गरेका छन् । पछिल्लो पटक केही महिला सांसदप्रति लक्षित गर्दै ट्रम्पले गरेको आक्रामक ट्वीटका कारण उनी फेरी चर्चामा छन्। अमेरिकी राष्ट्रपति ट्रम्पमाथि रङ्गको आधारमा विभेद गरेको आरोप लागेको छ।

ट्रम्पको ट्वीट यस्तो छ :

ती महिलाहरू “पूर्ण रूपमा असफल राष्ट्रबाट अमेरिका आएको” भन्दै ट्रम्पले उनीहरूलाई तिनै स्थानमा फर्किन भनेका थिए। राष्ट्रपति ट्रम्पले ती सांसदलाई सभामुख न्यान्सी पेलोसीले निःशुल्क रूपमा यात्राको अवसर जुटाइदिने भन्दै कटाक्ष गरेका थिए।

प्रगतिशील धारका चार महिला सांसदसँग पेलोसीको मतभेद देखा परेको एक हप्तापछि ट्रम्पले सामाजिक सञ्जालबाट त्यस्तो प्रतिक्रिया व्यक्त गरेका हुन्।

ट्रम्पको भनाइको सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ। ती सांसदमध्ये एलेक्जान्ड्रिया ओकासियो कोर्टेज, राशिदा तलाइब र आयान्ना प्रेस्ले अमेरिकामै जन्मे हुर्केका हुन्। अर्की सांसद इल्हान ओमर भने बाल्यकालमा अमेरिका प्रवेश गरेकी थिइन्।

ट्वीटमा ट्रम्पले ती सांसदको नाम भने उल्लेख गरेका छैनन्। तर केही हप्तायता पेलोसी र उनीहरूबीच सीमासुरक्षासम्बन्धी एउटा विधेयकबारे विवाद उत्पन्न भएको थियो।

पेलोसीले ट्वीटबाटै ट्रम्पको धारणा भेदभावपूर्ण भएको टिप्पणी गरेकी छन्। उनले विविधता नै अमेरिकाको बल र एकता नै शक्ति रहेको भन्दै ट्रम्पको आलोचना गरेकी छन्।

संसद्‌मा मिशिगनको प्रतिनिधित्व गर्ने रासिदा तलाइबले ट्वीट गर्दै ट्रम्पमाथि महाअभियोग लगाइनुपर्ने माग राखेकी छन्।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  १० : २० बजे

सशस्त्र प्रहरीद्वारा ११ करोड बढी राजस्व संकलन

 दोधारा चाँदनी – सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गणले

धितोपत्रको आइजीन छुट्याउन ५ वटा प्रमाण चाहिने

काठमाडौं– नेपाल धितोपत्र बोर्ड (सेबोन) मा विचाराधीन ‘धितोपत्र अभौतिकीकरण कार्य

कांग्रेसले पार्टीको नक्कली लेटरप्याड र छाप प्रयोग गरेर विदेशिएकाको निगरानी गर्ने

काठमाडौं– नेपाली कांग्रेस रोल्पाले पार्टीको नक्कली लेटरप्याड, छाप र हस्ताक्षर

चितवनमा करेन्ट लागेर गैँडाको मृत्यु

चितवन– माडी नगरपालिका–२ भैरवपुरमा करेन्ट लागेर करिब २० वर्षको एउटा भाले

अनुदानलाई निरन्तरता नदिए भदौदेखि आन्दोलन थाल्ने उखु किसानको चेतावनी 

महोत्तरी– उखुखेती गर्ने किसान यतिखेर आन्दोलित भएका छन् । उखुमा