थाइल्याण्डमा विद्यालय भवनको छानो भत्किँदा सात जनाको मृत्यु | Khabarhub Khabarhub

थाइल्याण्डमा विद्यालय भवनको छानो भत्किँदा सात जनाको मृत्यु


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उत्तरी थाइल्याण्डमा विद्यालयको खेलकुद भवनको छाना भत्किँदा सात जनाको मृत्यु हुनाका साथै अन्य २३ जना घाइते भएका छन् । थाई सरकारका प्रवक्ताले मङ्गलबार विज्ञप्तिमार्फत सो घटनाको जानकारी दिएका हुन् ।

दुर्घटना बेलुका करिब ७ बजे भएको थियो । स्थानीय समय अनुसार सोमबार फिचित प्रान्तको एक प्राथमिक विद्यालयको खेलकुद भवनको छाना भारी वर्षाका कारण भत्किएको विपद् रोकथाम तथा न्यूनीकरण विभागले जनाएको छ ।

प्रधानमन्त्री प्रयुत चान ओ चाले दुर्घटनामा परी ज्यान गुमाएका परिवारप्रति समवेदना प्रकट गर्दै बेपत्ताको खोजी कार्यलाई प्राथमिकतामा राख्न, क्षतिको विवरण सङ्कलन गर्न र पीडितलाई तत्काल राहत उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

स्थानीय सञ्चार माध्यमहरूले आँधीले भवनको धातुको छानामा क्षति पुर्याउदा सम्पूर्ण संरचना भत्किएको उल्लेख गरेका छन् । छानो खसेपछि विद्यार्थी, अभिभावक र विद्यालयका कर्मचारीहरू भग्नावशेषमा फसेका थिए ।

फिचिटका गभर्नर पायोन असवापिचायोनले मङ्गलबार प्रभावित स्थलको भ्रमण गरेका छन् । त्यहाँ कम्तीमा १०० स्थानीय घरपरिवारले आँधीका कारण भएको क्षति र थप मूल्याङ्कन भइरहेको जानकारी उपलब्ध गराएका छन् । विद्यालय र अन्य प्रभावित क्षेत्रलाई सार्वजनिक प्रकोपग्रस्त क्षेत्र घोषणा गरिएको छ ।

सोमबारदेखि वर्षायाम शुरु भएसँगै थाइल्यान्डको मौसम विभागले देशका अधिकांश भूभागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  ६ : ५२ बजे

शल्यक्रिया गरेको केही समयमा मृत्यु, आफन्त आन्दोलित

दाङ – दाङ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएपछि

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

झापा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रशस्त

मनसुनको अवस्था अद्यावधिकः मधेशमा सरदरभन्दा कम वर्षा हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले जुलाईदेखि सेप्टेम्बर (असार

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

बागमती – बागमती प्रदेशसभाको बैठकमा आजदेखि प्रदेश सरकारद्वारा प्रस्तुत आगामी

एकीकृत समाजवादी विद्यार्थी विशेष जिल्ला कमिटीको अध्यक्षमा अशोक थापा

काठमाडौं – नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठनको विशेष जिल्ला